संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै संगीतकार लामाको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित भएको निर्वाचन समितिका प्रमुख तेज प्रसाद खरालले जानकारी दिए ।
जसको वरिष्ठ उपाध्यक्षमा राजेश थापा, प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् । त्यसैगरी सदस्यहरुमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् । संगीतरत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसकेका छन् ।