बनेपा, आगामी जेठ १५ गते डेडीथुम्का माध्यमिक विद्यालय मण्डनदेउपुर–९, का पूर्वविद्यार्थी शिक्षा सम्मेलनको तयारी तिव्र बनेको छ ।
शनिबार पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल आयोजक समितिको सचिवालय बैठक बसेर आगामी जेठ १५ गते गरिने शिक्षा सम्मेलनको तयारीसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरु गरिएको आयोजक डेडीथुम्का फाउण्डेसनका प्रवक्ता बलराम सापकोटाले जानकारी दिनुभयो । सम्मेलनका लागि ‘गुणस्तरयुक्त शैक्षिक पूर्वाधार, समृद्ध मण्डनदेउपुरको आधार, डेडीथुम्का पूर्वविद्यार्थी’ भन्ने नारा तय गरिएको छ । यस्तै सम्मेलनमा सहभागी हुन अनलाइन प्रिजिष्ट्रेसन गर्नुपर्ने र प्रवेश शुल्क रु ५०० लिइने निर्णय भएको छ । प्रवक्ता सापकोटाका अनुसार रजिष्ट्रेसन बैशाख २८ गतेदेखि शुरु भएछ । यसैगरि सेमिनारमा २ वटा सत्र रहनेछन् । एउटा प्राविधिक सत्र र अर्को साधारण सत्र रहने छ ।
प्राविधिक सत्रमा एउटा शिक्षासम्बधी कार्यपत्र प्रस्तुत हुनेछ । सो कार्यपत्रले बालविकास, विद्यालय शिक्षा, प्राविधिक शिक्षा, उच्च शिक्षा र जीवन पर्यन्त सिकाइका विषय समेट्नेछ । सेसन चेयर, कार्यपत्र प्रस्तुतकर्ता र उल्लेखित विषयका टिप्पणीकर्ताहरुको प्राविधिक सत्रमा भूमिका हुनेछ । यो सत्र बढीमा २ घण्टाको हुनेछ । यस्तै नीति र नेतृत्वः शिक्षा सुधारको अवसर र चुनौती विषयक अर्को साधारण सत्र रहनेछ । यो सत्रमा एक जना चेयर, एकजना मोडरेटर र ४ जना प्यानलिस्ट गरी ६ जनाको भूमिका रहनेछ । यसमा सहभागीलाई समेत प्रश्न गर्ने मौका दिइनेछ । यो सेसन बढीमा डेढ घण्टाको हुनेछ । सम्मेलनमा सहभागी हुन ०३८ सालदेखि ०८१ सम्मका पूर्वविद्यार्थीहरुमा सार्वजनिक आह्वान गरिनेछ ।
डेडीथुम्काका लागि केही गरौ भन्ने अभियानको रुपमा शिक्षा सम्मेलनको आयोजना गर्न लागेको आयोजक समितिका संयोजक कश्यपप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुुसार सो विद्यालयका पूर्व विद्यार्थीहरुको तथ्याङ्क संकलन गरेर निमन्त्रणा पठाउने काम भैरहेको छ ।
सम्मेलनको आयोजना गर्न बनेको मुल आयोजक समिति र उपसमितिले आफ्नो काम गरिरहेको मुल आयोजक समितिका संयोजक कश्यपप्रसाद पौडेलले जानकारी दिनुभयो । मण्डनदेउपुर नगरपालिका, ईन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका, पाँचखाल नगरपालिकामा सम्पर्क व्यक्ती बनाएर र हरेक एसएलसी समुहका कम्तिमा एक जना विद्यार्थीलाई समन्वय गर्ने जिम्मेवारी दिएर सकेसम्म धेरैभन्दा धेरै उपस्थित गराउने लक्ष्य मुल आयोजक समितिले लिएको छ । आगामी जेठ १५ गते मण्डनदेउपुर नगरपालिकाको सभाहलमा आयोजना हने डेडीथुम्का शिक्षा सम्मेलनमा डेडीथुम्का माध्यमिक विद्यालयमा एसएलसी परीक्षामा सहभागी हुने प्रथम व्याच देखी हालसम्म एसईइमा सामेल हुनेसम्मेलनबाट प्राप्त उपलब्धीलाई नगरपालिकालाई शैक्षिक सुधारका लागि विशिष्ट सुझाव तथा सिफारिसहरु उपलव्ध गराउने लक्ष्य लिइएको छ । सम्मेलनमा सहभागी हुन प्रि—रजिष्टेशन गर्नुपर्ने भएको छ । त्यसका लागि पाँच सय रुपियाँ शूल्क बुझाउनुपर्नेछ ।
सो कार्यलाई सहज बनाउन ११ सदस्यीय सचिवालय गठन भएको छ । सचिवालयमा कश्यप प्रसाद पौडेल संयोजक मुल आयोजक समिति, सदस्य गोकुल गौतम संयोजक, कार्यपत्र तयारी उप समिति, टोम प्रसाद सापकोटा संयोजक, घोषणापत्र तयारी उप समिति, सदस्य सचिव राजन प्रसाद पराजुली सदस्य सचिव, बलराम सापकोटा प्रवक्ता आयोजक समिति, झलक प्रसाद पौडेल संयोजक, अग्रज सम्मान उप समिति, यदुनाथ देउपुरे संयोजक, प्रचारप्रसार उप समिति, काशिनाथ नेपाल मण्डनदेउपुर नगरपालिका मिरा सापकोटा संयोजक, संगठन तथा सदस्य विस्तार उप समिति, शिव प्रसाद पौडेल प्राचार्य, डेडीथुम्का मा.वि र अम्विका हमाल ठकुरी रहनुभएको छ ।