बागमती प्रदेशसभाको सोह्रौं अधिवेशन आउदो जेठ ५ गते बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय र सिफारिसबमोजिम अधिवेशन आह्वान गरेका हुन् ।
सोह्रौं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । प्रदेश सरकारले आगामी आवका लागि बजेट निर्माणको तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १४ वटा मन्त्रालयलाई गत ४ वैशाखमा ५५ अर्बको बजेट सिलिङ तोकेको थियो ।