नेपालमा लायन्स विस्तार गर्ने पर्यायका रुपमा उहाँलाई चिन्न सकिन्छ । उत्कृष्ट मानव सेवाका कार्य गर्दै समाजका विपन्न बर्गमा उत्साह थप्ने कार्य अग्नि विलास अधिकारीबाट भइरहेको छ । आफ्नो महत्वपूर्ण समय लायन्सको श्रीवृद्धिका लागि दिईसक्नुभएको छ । सेवालाई निस्वार्थ रूपमा प्रस्तुत गरी सदस्यता बिस्तार तथा नयाँ क्लबहरुको निर्माण गर्दै नँया ठाउँमा समेत लायन्सको माहोल सिर्जना गर्नेपनि अग्नि विलास नै हो ।
जिल्ला,राष्ट्र, इसामे तथा अन्तराष्ट्रिय फोरममा सबैलाई उत्साहित गराउँदै अग्नि विलास पुगेका हुन्छन् । मानबतालाई हृदयबाट फुलाउन रातदिन लागि परिरहनु भएका अग्नि विलास अधिकारी नेपाली लायन्सका धरोहर नै मानिनु भएको छ । उच्च मानब सेवा कर्मकै कारण अग्नि विलास सबै क्लबहरुको मन जित्ने समाजसेवीका रूपमा आफुलाई प्रमाणित गनुभएको छ । सामुदायिक सेवामा कुशल, नेतृत्वकर्ता, सबैको मनमुटुका प्रेरणादायी व्यक्तित्व लायन्सको जिल्ला, मल्टिपल, इमासे तथा अन्तराष्ट्रिय पुरस्कारबाट पटक पटक सम्मानित व्यक्तित्व अग्नि विलास नै हो । चितवनको विकट पहाडी क्षेत्र चेपाङ्ग बस्तिमा पक्की विद्यालय भबन निर्माण गरी हस्तान्तरण गर्ने पात्र पनि अग्नि विलास नै हो । लायन्समा उहाँको योगदान अतुलनिय रहेकाले लायन बर्ष २०२५ ÷२०२६ का लागि द्दलम ख्ष्अभ म्ष्कतचष्अत न्यखभचलयच पदका निम्ति छनौट गर्ने वातावरण सिर्जना गर्ने तपाईहामी सबैको मूख्य दायित्व तथा भूमिका रहेको छ ।
लायन अग्नि विलास अधिकारी पि.ए.जे .एफ.नेपाली लायनबादको क्षेत्रलाई उज्यालो नक्षत्र झैं चम्काएका सक्रिय, सक्षम र समर्पित यूवा लायन लिडरको रूपमा उहाँले आफुलाई स्थापित गराईसक्नु भएको छ । उहाँको पाईलाहरु सेवाको सुगन्धले भरिएका छन् । विभिन्न आरोह–अबरोहका माझमा क्लबहरुलाई सशक्त र ऊर्जावान बनाउनका निम्ति उहाँको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । लायन्स क्लबमा परिचित भएर डाँडापाखा पाहाड पर्वतदेखि दुर दराजमा सेवाका लागि निरन्तर अथक रुपमा लागिरहने व्यक्तिको रूपमा उहाँलाई अग्र स्थानमा नै राख्नुपर्ने अबस्था देखिन्छ । सेवामा समर्पणको भाब सन्देश जोड्ने पनि उहाँ हुनुहुन्छ । लायन्सबाट निरन्तर भाईचाराको सम्बन्ध स्थापित गराउने कार्यमा समेत उहाँ निकै क्रियाशिल हुनुहुन्छ । उच्च मानबता प्रस्तुत गर्ने कार्यमा अधिकारी निरन्तर लागिरहनुभएको छ ।

  – लायन रमेश बजगाई,  सदस्य लायन्स क्लब अफ नेपाल हाईलाइट ३२५ जि