काठमाडौ, विष्णु रिजालको लेखन/निर्देशनमा विशेषगरी बालविवाह सम्बन्धी सन्देश मुलक सामग्री जोडेर सामाजिक तथा पारिवारिक कथामा बन्दै आएको धाराबाहिक श्रृखला (वेब सिरिज) देउरानीले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा काठमाडौंमा आईतबार एक विशेष कार्यक्रम आयोजना गरी कलाकार र सहयोगीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मिथिला शर्मा, जयकिशन बस्नेत, बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास पूर्व मन्त्री वसुन्धरा हुमागाई, अग्रज कलाकार, विष्णु सापकोटा, विद्या कार्की, देउरानीका लेखक निर्देशक विष्णु रिजाललगायतले कलाकार तथा सहयोगी हरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।
वरिष्ट कलाकार तथा देउरानीका (ठूला बा) लक्ष्मण विक्रम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ट कलाकार मिथिला शर्मा, बिशिष्ट अतिथिहरु बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास पूर्व मन्त्री वसुन्धरा हुमागाई, कलाकार÷निर्देशक÷निर्माता जय किशन बस्नेत, अग्रज कलाकारहरु विष्णु सापकोटा, विद्या कार्की, अग्रज पत्रकार नवराज बजगाई, देउरानीका लेखक÷निर्देशक विष्णु रिजाल लगायतले सम्बन्धित विषयमा बोलेको कार्यक्रममा देउरानीका कलाकारहरुका साथै सञ्चारकर्मी नवराज बजगाई र पुजन धिताल लगायतलाई सम्मान गरिएको यियो ।