प्रिमियर बचत तथा ऋण सहकारी संस्था लि.को बनेपा-९, मा नयाँ बस्ति सेवा केन्द्र शुरुवात भएको छ । २०८१ साल फागुन १५ गते विहिवारदेखि सेवा केन्द्र सञ्चालनमा आएको हो ।
बनेपा न.पा.वडा नं ७ मा अवस्थित प्रिमियर बचत तथा ऋण सहकारी संस्था लिको नयाँ बस्ति सेवा केन्द्र बनेपा ९ को समुद्घाटन संस्थाका प्रमुख सल्लाहकार साधुराम दाहालबाट गरिएको हो । उक्त अवसरमा संस्थाले एकदिने निस्शुल्क स्वास्थ्य शिविर बनेपा चारदोबाटोमा रहेको CWC polyclinic को सहकार्यमा संचालन गरिएको हो । शिविरबाट १५० जना भन्दा वढि सेवाग्राहिहरु लाभान्वित भएको संस्थाका सचिव राजन सापकोटाले जानकारी दिनुभयो ।