समय दृष्टि साप्ताहिकका प्रधान सम्पादक योक बहादुर घिसिङ योगेश राल्फाली भोलि शुक्रबार सम्मानित हुँदैछन् । नेपाल प्रज्ञाप्रतिष्ठान अन्तर्गत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राल्फालीलाई भाषा साहित्यमा योगदान पुर्याए बापत राष्ट्रिय मातृभाषा सेवा शिर्षकमा नगद १ लाख रुपैयाँसहित सम्मान पत्रद्वारा सम्मान गर्न लागिएको हो ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि प्रधान सम्पादक साहित्यकार राल्फालीलाई सम्मान गर्न लागिएको प्रतिष्ठान स्रोत बताएका छन् । प्रतिष्ठानले यसअधि पहिलोपटक वरिष्ठ साहित्यकार सत्यमोहन जोशी, दोस्रोपटक वरिष्ठ बैरागी काइला, तेस्रोपटक वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठ र चौथोपटक साहित्यकार तथा प्रधान सम्पादक राल्फालीलाई सम्मान गर्न लागिएको हो । संयोजक वरिष्ठ साहित्यकार मल्ल के सुन्दर, सदस्य डाक्टर लोक बहादुर लोप्चन र पूर्व सांसद तथा भाषा अध्येता बम कुमारी बुढा मगर रहेको तीन सदस्यीय समितिले यस वर्ष साहित्यकार राल्फालीलाई सम्मान गर्ने निर्णय गरेको हो । राल्फालीले “आँसुले भिजेको परेली” कविता संग्रह २०५३ ९खस नेपाली भाषामा०, “जञ्जिरको घेराभित्रबाट” लामो कविता २०५७ ९खस नेपाली भाषामा०, “प्राङबोला छेटाङ” ९गरिबको साइत० २०५९ तामाङ भाषाको पहिलो उपन्यास, “राल्फाली माईच्याङ” लामो कविता २०६० ९खस नेपाली भाषामा०, “क्लुन्दुङ थोबो” ९तालु खुईले० २०६९ तामाङ भाषाको पहिलो तांका संग्रह, “काःला मिख्लि” ९रगतको आँसु० २०६९ तामाङ भाषाको पहिलो हाईकु संग्रह, “याङसीला” २०६९ तामाङ भाषाको पहिलो चिठ्ठी संग्रह, “थेच्यार” ९बलेसी० २०७२ तामाङ भाषाको पहिलो मुक्तक संग्रह, “ह्याङ्ला ठिम” ९हाम्रो संस्कृति० २०७२ सेलो गीत, “दुईला ङ्हार” ९समयको गर्जन० २०७३ तामाङ भाषाको पहिलो महाकाव्य, “गगन” २०७३ तामाङ भाषाको पहिलो शोककाव्य, “भोको पेट” २०७५ खस नेपाली भाषाको गजल संग्रह र “घाइते ताम्सालिङ” २०७६ तामाङ भाषाको कविता संग्रह प्रकाशित गरिसकेका छन् ।
राल्फाली यसअघि ूझ्याम्याङ लामा स्मृति प्रतिष्ठानबाट झ्याम्याङ लामा प्रतिभा सम्मान २०६६ू जनमत वाङमय प्रतिष्ठान बनेपा काभ्रेबाट ूगणेश खिलकुमारी दुवाल जनमत सम्मान २०६८ू, तामाङ भाषा साहित्यमा योगदान पुर्याई तामाङ भाषाको पहिलो हाईकु संग्रह प्रकाशित गरेकोमा नाङसाल क्लब, नेपालबाट कदरपत्र २०६९, तामाङ भाषाको पहिलो महाकाव्य लेखेकोमा ूतामाङ डाटाबेसबाट सम्मान २०७३ू, तामाङ भाषा साहित्यमा योगदान पुर्याई तामाङ भाषाको पहिलो महाकाव्य प्रकाशित गरेकोमा ूघिसिङ समाज, नेपालबाट सम्मान २०७४ू, तामाङ भाषाको महाकाव्य लेखी भाषा साहित्यमा योगदान पुर्याएकोमा खानीखोला गाउँपालिका, काभ्रेबाट सम्मान २०७५ र तामाङ भाषाको महाकाव्य लेखी भाषा साहित्यमा योगदान पुर्याएकोमा ूरोशी डिजिटल प्रा।लि।, काभ्रेबाट सम्मान २०७६ू बाट सम्मानित भईसकेका छन् ।








