मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ सिजन २ को विजेता घोषणा भएको छ । सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ सिजन २ सम्पन्न भएको हो ।
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ सिजन २ कोउपाधी सिनियर तर्फ हृदयानी सिलवाल र अप्रेश थापा मगरले जितेका छन् भने जुनियर तर्फ जेशिका श्रेष्ठ र न्यूरोन लोहालाले जितेका छन् । प्रतियोगिताको फाइनल जुनियर तर्फ जेशिका श्रेष्ठ मिस लिटिल स्टार मदरल्याण्ड २०८१ घोषित भईन् भने मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ न्यूरोन लोहला भए । यस्तै सिनीयर तर्फ ह्रृदायणी सिलवाल मिस लिटिल स्टार मदरल्याण्ड २०८१ र अप्रेश आलेमगर मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ विजेता भएका छन् ।
प्रतियोगितामा जुनियर छात्रातर्फ दिपिका कार्की फष्ट रनर अप, अक्षा श्रेष्ठ सेकेण्ड रनर अप, श्रीयम्शी श्रेष्ठ थर्ड रनर अप भए भने जुनियर छात्रतर्फ फष्ट रनर अप सविन श्रेष्ठ, सेकेण्ड रनर अप रियान लामा र थर्ड रनर अप अभिषेक थापा हुन सफल भए । साथै सिनीयर ग्रुप छात्रा तर्फ रष्मी राई फस्ट रनर अप, समृद्धि थापा सेकेण्ड रनर अप र थर्ड रनर अप प्रसादी बस्नेत भए । सिनीयर छात्र तर्फ फस्ट रनर अप रसिक लवजू, सेकेण्ड रनर अप सामुयल खड्का र थर्ड रनर अप जेशन बराल भए ।
मिस एण्ड मास्टर लिटल स्टार मदलल्याण्ड २०८१ सिजन २ को उद्घाटन गर्दै प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाको मेयर वासुदेव थापाले विद्यार्थीमा निहित विविध प्रतिभालाई प्रतिस्पर्धामा उतार्नु प्रशंसणीय भएको बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वडा नं २ का वडाध्यक्ष प्रदिप कार्की, नेसनल प्याव्सन बागमति प्रदेश सह कोषाध्यक्ष साधुराम गैडा, नेसनल प्याव्सन काठमाण्डौं जिल्ला समिति अध्यक्ष अमृत खड्का, उपाध्यक्ष प्रेम भुजेल, नेसनल प्याव्सन भक्तपुर जिल्ला कोषाध्यक्ष विक्रम थापा, मिड भ्याली कलेज भक्तपुरका प्रिन्सिपल गोविन्द बल्ल जोशी, पुस्तक व्यवसायी भक्तपुर जिल्ला उपाध्यक्ष महेश थापा, सलिको ईन्सोरेन्सका जिएम रुपेन्द्र थापा, हिमाल एकेडेमीका प्रिन्सिपल प्रदीप थापा तथा शिक्षासँग सरोकार राख्ने विज्ञ, विभिन्न मिडियाका पत्रकार र अभिभावकहरुको सहभागिता थियो । –नव क्षितिज साप्ताहिकबाट