१५ , पुस / काभ्रेपलान्चोक – बनेपा गायिका काव्या गुरुङ ‘म राम्री’ भन्दै बजारमा आएकी छिन् । उनको ‘म राम्री’ बोलको गीत हालै ओएसआर यु ट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
‘म राम्री’ गीतको भिडियोमा चलचित्रका चर्चित नायिका चर्चित नायिका शिल्पा पोख्रेल र दिक्पाल कार्की लाई निर्देशक आदित्य बुढाथोकीले अभिनय गराएका छन् । शब्द तथा सङ्गीत राजन राज सिवाकोटीको रहेको उक्त गीतको छायाँकन मुकेश हुमागाइ, नृत्य दिनेश माङमु, एरेन्ज एमोस तामाङ, श्रृङ्गार कविता तोलाङगीको रहेको छ भने प्रकाश एस।के। ले सम्पादन गरेका छन् ।
यूवावर्गको प्रमिल भावना समेटेको गीतले यूवावर्गका भावनाहरुलाई समेटेको निर्देशक बुढाथोकीले बताए । गीत सार्वजनिक भएसँगै गीत र भिडियोको समेत चर्चा चुलिएको छ ।







