प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सङ्कल्प गरेको स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सन्देश दिनुहुँदै राष्ट्रिय समृद्धितर्फका पाइला आउँदा दिनमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, ‘अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिने गरी उचाइमा उठ्ने छ ।

जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्ने छ ।’ उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित भएको छ ।’ उहाँले नयाँ वर्ष सन् २०२० मा लाखौं पर्यटकलाई नेपालमा स्वागत गर्न चाहेको सन्देश मार्फत भन्नुभएको छ ।