१० , पुस / काभ्रेपलान्चोक – बनेपा एपिक नेपाल म्युजिक प्रा.लि द्वारा आयोजित दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट पाँच मनोनयनमा पर्न सफल कुल ४६ विधाका कलाकारहरु बाट उत्कृष्ट लाई आउदो माघ ४ गते “राष्ट्रिय सभागृह” बाट अवार्ड बितरण गर्ने भएको छ ।
“कला र गलाको संरक्षण हाम्रो अभियान, नवलाई प्रोत्साहन,अग्रजलाई सम्मान” भन्ने मूल नाराको साथ आयोजना गर्न लागीएको दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट पाँच मनोनयन प्रमाणपत्र बितरण एक कार्यक्रमका बीच सम्पन्न भएको थियो ।
पूर्व मन्त्री तथा बिस्वो हिन्दू महासंघ बासबारी अन्तराष्ट्रिय ॐकार महाअभियानका प्रमुख सम्योजक समेत रहनु भएका “निक्ष शम्शेर राणा”ले प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने अब विभिन्न चर्चित कलाकारहरुको प्रस्तुतिको साथमा “राष्ट्रिय सभागृह” बाट कार्यक्रम हुने आयोजकले जानकारी दिइएको छ ।







