धुलिखेल, नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाद्वारा आयोजित सामाजिक सञ्जाल तिज नृत्य प्रतियोगिता २०८१ को पुरस्कार बितरण कार्यक्रम शनिबार धुलिखेलमा सम्पन्न भएको छ ।
सांस्कृतिक शाखा प्रमुख रामकृष्ण पोख्रेलको अध्यक्षता र नेपाली कांग्रेस काभ्रेका उप–सभापति रमेश प्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेस धुलिखेलका सभापति नेता विदुर बहादुर बस्नेत, धुलिखेल–३ का वडा सभापति मधुसुदन खत्रीलगायतको आतिथ्यता रहेको थियो । तिज नृत्य प्रतियोगिता २०८१ का सहभागी मध्येबाट टप २० भित्र पर्न सफल सहभागीहरु र सहभागीहरु मध्येबाट कम उमेरको उत्कृष्ट नृत्य प्रस्तुत कर्ता आकृति केसिलगायतलाई नगद पुरस्कार सहित प्रमाण–पत्र वितरण गरिएको थियो ।
प्रतियोगिताका सहभागी मध्ये श्रेजल श्रेष्ठ, रबिना रजक अधिकारी, अनिसा ठकुरी, प्रतिभा मल्ल, सुमित्रा ठकुरी, अञ्जली लामा, बिनिसा दाहाल, आरति रम्तेल, चन्द्रकला गौतम, निरुता ठकुरि, मसिना ठकुरि, कृपा खड्का, भावना दाहाल, स्वस्तिका अधिकारी, सिशम घिमिरे, निङ्मा लामा, पुष्पा अधिकारी, सुस्मिता अधिकारी, रियासा तिमल्सिना र साबित्री मगर टप २० भित्र पर्न सफल भएका थिए ।