अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – बनेपा एपिक नेपाल म्युजिक प्रा।लि। द्वारा आयोजित दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट पाँच मनोनयनमा पर्न सफल कुल ४६ विधाका कलाकारहरुलाई प्रमाणपत्र बितरण भएको छ ।

“कला र गलाको संरक्षण हाम्रो अभियान, नवलाई प्रोत्साहन,अग्रजलाई सम्मान” भन्ने मूल नाराको साथ आयोजना गर्न लागीएको दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट पाँच मनोनयन प्रमाणपत्र बितरण कार्यक्रममा पूर्व मन्त्री तथा बिस्वो हिन्दू महासंघ बासबारी ९अन्तराष्ट्रिय० ॐकार महाअभियानका प्रमुख सम्योजक समेत रहनु भएका “निक्ष शम्शेर राणा”ले प्रमुख अथितिको भूमिका निर्बाहा गर्नु भएको थियो, भने बिभिन्न समानानीय ब्यत्तित्तोहरु साथै चर्चित गायक तथा गायिका,सर्जक, एरेन्जर, भिडियो छायाँकार, सम्पादक, निर्देशक एवम कलाकारहरु लगायत संचारकर्मी, समाजसेबी, पर्यटन ब्यबसायी साथै बिभिन्न उधमीहरुको पनि सहभगिता रहेको थियो।

प्रमुख अथिथिको हात बाट दिप प्रजोलन गरी कार्यक्रमको सुरुवात भएको थियो । प्राय जसो अवार्ड कार्यक्रममा फाईनलमा मात्रै भिडियो सहित कलाकारको परिचय दिने गरेको भए पनि एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट पाँच मनोनयन प्रमाणपत्र बितरण कार्यक्रममा भने सबै बिधाका सर्वोकृष्ट पाँच मनोनयनमा परेका कलाकारको परिचय सहित भिडियो पनि देखाइएको थियो ।

नेपाली चुलो, लाजिम्पाटमा आयोजित यस कार्यक्रमलाई चन्द्रागिरी नगरपालिका, जगदम्बा मार्केटिङ लगायत बिभिन्न मिडियाहरुले पनि बिभिन्न तरिका बाट सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा सि।बी माउन्ट एन्ड फ्रेमिङ सेन्टर प्रा.ली.का प्रबन्ध निर्देशक च्याङ्बा लामा ज्यु लाई आमँत्रण गरी सर्वोकृष्ट पाँच मनोनयनमा परेका कलाकारहरुलाई फोटोग्राफीको लागि सहज बातावरण,आयोजक टिमकै तर्फ बाट नै मिलाएको थियो ।

क्रायक्रम लाई निकै मर्यादित ढंगले साथै सब्य अनी भब्य तरिकाले सम्पन्न गर्न सफल भएका छौ अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ,अब गरिने फाइनल कार्यक्रम भने २०७६ माघ ४ गते “राष्ट्रिय सभागृह” गर्ने तयारीमा छौ ।