एक सय रूपैयाँको नेपाली नोटमा अब गैंडाको मात्र होइन लिपुलेक, लिम्पियाधुरा र कालापानीको समेत भूभाग समेटिएको नयाँ नेपालको नक्शा समेत समावेश हुने भएको छ ।
जनबोलीको भाषामा चुच्चे नक्शाको रूपमा चिनिएको सो नक्शा नेपाली मुद्रामा ल्याउने सरकारले निर्णय गरेको छ । नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो । मन्त्रिपरिषद् बैठकले सयको नोटमा नेपालको चुच्चे नक्सा प्रयोग गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो स्वीकृति प्रदान गरेको हो।