गायिका सुमिता राईको डेब्यू एल्बम ‘सगुन’ भित्र समावेश गीत ‘कोही भन्छन् फूल मलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । १५ वर्षदेखि यूकेमा बस्दै आएकी गायिका राईलाई सानैदेखि गीत –संगीतमा अभिरुचि भए पनि एल्बम प्रकाशन गर्न सकेकी थिइनन् ।
केही महिनाअघि नेपालमा एक कार्यक्रम गरी उनको एकल एल्बम ‘सगुन’ विमोचन गरिएको थियो ।
स्राेताका लागि मीठो ‘सगुन’ लिएर उदाएकी गायिका राईको हालै सार्वजनिक म्युजिक भिडियो ‘कोही भन्छन् फूल मलाई’ गीतको शब्द मुकेश राईले लेखेका हुन् ।
गीतमा विक्रम राईको संगीत छ । पुरुषोत्तम सुवेदीले गीतको संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा विभिन्न भेषभुषामा सजिएकी नायिका केकी अधिकारीको सुन्दर नृत्य देख्न सकिन्छ ।
नेपालका विभिन्न रमणीय ठाउँमा शुट गरिएको भिडियोलाई अकिल बजगाईंले छायांकन गरेका छन् । प्रकाश एसकेले भिडियो सम्पादन गरेका छन् ।
गोविन्द राईको कन्सेप्ट तथा निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो खरुन राईले निर्माण गरेका हुन् ।
भिडियाे
https://www.youtube.com/watch?v=kEIq8LNzMbc&feature=emb_title







