बेलायत बसेर नेपाली साहित्यमा योगदान गर्दै आएका साहित्यकार कृष्ण बजगाईंका दुई कृति ‘नग्न स्वप्न’ (लघुकथासङ्ग्रह) र ‘युङ्फ्राउ’ (नियात्रासङ्ग्रह)को लोकार्पण गरिएको छ ।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको दुवै कृतिको लिवरपुल युनिवर्सिटी हस्पिटलका डा शम्भु आचार्य, साहित्यकार प्राडा लक्ष्मणप्रसाद गौतम, प्राडा लेखप्रसाद निरौला, डा.फणीन्द्रराज निरौला, श्रीओम श्रेष्ठ रोदन, लेखक बजगाईं र प्रकाशक केशव पराजुलीले दुवै कृति विमोचन गरेका हुन् ।

आख्यान, नियात्रा र कवितामा कलम चलाउने बजगाईंको नियात्रासङ्ग्रहमा स्वीट्जरल्याण्ड, ग्रिस र पोर्चुगलका २७ यात्रानुभूति समावेश गरिएका छन् । लउनको लघकथासङ्ग्रहमा ६१ समावेश छन् । बजगाईंका यसअघि ‘कागजको मन्त्री’, ‘संवैधानिक पत्नी’, ‘कवच’, ‘रोडम्याप’, ‘यन्त्रवत्’लगायत लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् भने नियात्रा सङग्रहमा ‘दाइबुचु’, ‘उमिहोतारु’, ‘भाया साक्रा’, ‘युरेसियाको स्पर्श’ लगायतका १८ कृति प्रकाशित छन् ।
कार्यक्रममा समालोचक डा फणीन्द्रराज निरौलाले बजगाईंको नियात्रासङ्ग्रह युरोप भ्रमणको सँगालोमा आधारित रहेको बताए । उनले भने, “उहाँको यो पाँचौं नियात्रा कृति हो। यो रोचक र महत्त्वपूर्ण छ । समीक्षात्मक टिप्पणी गर्दै प्राडा लेखप्रसाद निरौलाले अघिल्लो कृतिभन्दा यो बढी कसिलो रहेको बताए । –नव क्षितिज साप्ताहिकबाट