धादिङ जिल्ला धुनिबेशी नगरपालिका–९, टायलघरमा जन्मिएका प्रबिन थापा अहिले चल्तिका भिडियो निर्देशक हुन । लामा समयदेखि सांगितिक क्षेत्रमा जमेका प्रबिन थापाले राम्रो कोरियोग्राफरको छाप छोडेका छन । उनै कोरियोग्राफर÷भिडियो निर्देशक थापासँगको छोटो कुराकानी यहाँ प्रस्तुत छ ।–
० कहिलेदेखि यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
२०६८ देखि ग्रुप डान्सको रुपमा यो क्षेत्र प्रवेश गरेको हुँ ।
० यो क्षेत्रमा आउनु अघिको तपाईंको जीवन ?
किसान परिवारमा जन्मिएको मेरो जीवन सामान्य नै थियो । धुनिबेशीबाट +२ को परिक्षा सकेर प्राइभेट अफिसमा जागिर गर्दै थिए । बसाइ काठमाडौ नै थियो साधारण जीवन चल्दै थियो ।
० यो क्षेत्रमा आएपछिको उपलब्धि ?
सामान्य जीवन चलेको मान्छे म यो क्षेत्रमा आए पछि केही मान्छेको नजरमा परिचित हुन पाए । दर्श बाट र विभिन्न सघं सस्थाबाट सम्मान विभिन्न अवार्ड बाट सम्मान यहिनै हो उपलब्धि ।
० यहि क्षेत्र रोज्नुको कारण ?
सानैदेखि डान्स मन पर्नै म सुरुमा यहि क्षेत्रमा आउछु भन्नेत थिएन साथिको लै लै मा लागेर डान्स क्लास गैयो । एक दिन सरले सुटिङ लग्नु भयो नाचियो घर फर्कदा ८०० पैसा पाए । महिना भरी काम गरेर २५०० तलब बुझने मान्छे म पैसा पनि राम्रो आउने त्यसले गर्दा बिस्तारै यता लागियो सुरुमा न जानी न जानी अहिले पेसा भयो ।
० यो क्षेत्रमा जम्न कतिको सजिलो छ ?
हामी मानव हौ कहिले पनि कुनै कुराले सन्तुष्ट हुन सक्दैनौ जुन सुकै क्षेत्रमा पनि आफू सक्षम हुनु पर्छ जे काम गर्छौ मन बाट गर्नु पर्छ जहाँ पनि जम्न सकिन्छ सजिलो हुन्छ ।
० यस क्षेत्रमा लागेर बाच्न सकिन्छ ?
आफू सन्तुष्ट हुनु पर्छ बाच्न सकिन्छ कमाउन नसिएला घर गाडि जोड्न न सकिएला बाच्न सकिन्छ ।
० विकृतिहरु कतिका छन ?
कृति रहनको लागि विकृती त हुन्छनै । राननैतिक सामाजिक शैक्षिक कलाकारिता हरेक क्षेत्रमा छ विकृती । हामी कृति राख्न हिडेको मान्छे विकृतिको सामना गरेर अगाडि बढनु पर्छ ।
० प्रतिस्पर्धा ?
प्रतिस्पर्धा भनेको आफू आफै सङ हुनु पर्छ हरेक पल हरेक काममा अरु सङ त प्रतिस्पर्धा हुन्न डाहा हुन्छ जस्तो लाग्छ जुन कहिले गर्नु हुन्न ।
० यस क्षेका समस्या के देख्नुभएको छ ?
सस्तो लोकप्रियताको लागि कुनै पनि हदसम्म झर्नु गिर्नु अहिलेको समस्या हो ।
० समाधान कसरी देख्नुहुन्छ ?
समस्याको समाधान हुन्छ यति हुन्न भने त्यो समस्या नै हैन कुनै क्षेत्रमा प्रवेश गर्नु भन्दा अगाडि यो बिषयमा ज्ञान लिनु पर्छ, बुझनु पर्छ अध्यन गर्नु पर्छ उचालेको भरमा अरुले राम्रो छ भन्दैमा हुटहुटिमा लाग्नु हुन्न यति ले नै ९५% समस्या समाधान हुन्छ कलाकारिता क्षेत्रको ।
० आगामी योजना ?
गर्दै आएको कामलाई अझै आजको भन्दा राम्रो गर्ने । नेपानी कलालाई आफ्नो तर्फबाट सदै विश्व सामु चिनाउने प्रयास गर्ने । काम दामको लागि मात्र हैन काम सदै पुजा हो भन्ने सन्देश दिने योजना छ ।
० जीवन ?
जन्मदेखि मृत्यु सम्मको जुन अन्तराल छ त्यो बिचको समय दुख कष्ट हासो रोदन नै जीवन हो ।
० प्रेम ?
जिबनमा कुनै कुरा बिना स्वार्थ गरिन्छ भने र त्यो अमर रहने गर्दछ भने त्यो नै प्रेम हो ।
० कलाकारिता ?
त्यो एकटा मात्र क्षेत्र हो जहाँ संसारबाट निस्वार्थ माया पाहिन्छ कलाकारिता बिरामीको दबाइ हो, निरासाको आशा हो दुखिको लागि उत्साह हो, कमजोरीको लागि बल हो ।
० अन्तमा केही भन्नु छ की ?
हामी मानव हौ यो नभुलम जिन्दगीमा कसैको कुभलो नसोचौ सबैलाई सहयोग गरम । जन्मदिने आमा बाबा र जन्मिएको माटोलाई सधै शिरमा सजाम बाकी जिन्दगी सहज चल्दै जान्छ ।–नव क्षितिज साप्ताहिकबाट









