पिपुल्स साकोसको १८औं स्थापना दिवसका कार्यक्रमहरुः
– १८औं संस्था स्थापना दिवस
मिति २०८० फागुन १९ गते शनिबार यस पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि.काभ्रेपलाञ्चोकको १८औं स्थापना दिवस कार्यक्रम संस्थाका अध्यक्ष श्री निरन शाक्यज्यूको अध्यक्षता, बनेपा नगरपालिका वडा न.८ का अध्यक्ष श्री शुभलक्ष्मी मानन्धरज्यूको प्रमुख आतिथ्यता तथा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी सघं लि. का उपाध्यक्ष श्री सागर नाथ कपालीज्यूको विशिष्ट आतिथ्यतामा एवं अन्य साकोसका अतिथिहरुको आतिथ्यतामा समिति, उप समिति, कर्मचारी र शेयर सदस्यज्यूहरु समेत गरी जम्मा ८३ जनाको समुपस्थितीमा गौतम भिलेज रिसोर्ट, बनेपा–११, सिनागालमा उक्त अवसरको शुभकामना दिदैं एक कार्यक्रमका बीच सम्पन्न गरियो ।
– सरसफाई कार्यक्रम
सहकारी संस्थाको सम्बन्ध वातावरणसंग पनि स्थापित गराउनु पर्दछ भन्ने कुरालाई कार्य रुपमा प्रर्दशन गर्नका लागि कार्यक्षेत्र भित्र भएका सार्वजनिक स्थान, मठ मन्दिर, संस्कृती एवं सम्पदा संरक्षणमा संस्थाको उपस्थितीको लागि र सहयोगी भूमिका खेल्ने हेतुले वार्षिक योजना अनुसार संस्थाको कार्यक्षेत्रका कम्तीमा १ ओटा मठमन्दिर सरसफाई गर्न स्थानीय क्लव, सम्वन्धित सामाजीक संस्थाहरु सँग समन्वय गरी कार्यक्रम सम्पन्न गर्ने लक्ष्य अनुरुप २०८० फागुन १९ गते, शनिबार, बिहान ७ः३० बजे देखि ९ः३० बजे सम्म संस्थाकोे प्राड्डण वरपर देखि तीनदोबाटो चोक भित्र करुणा मार्ग, लक्ष्यश्वर मार्ग, लक्ष्यश्वर महादेव मन्दिर हुँदै तलापुखु पोखरी र गणेश मन्दिर सम्म सरसफाई गर्दै सम्पन्न गरियो ।
– खुल्ला रक्तदान
बनेपा, संस्थाको १८औं स्थापना दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम मिति २०८० फागुन १९ गते, शनिबार, संस्थाकोे प्राड्डण, बनेपा–८, तीनदोबाटामा काभे्र रेडक्रसको प्राविधिक सहयोगमा सफलता पूर्वक सम्पन्न भयो । बिहान ११ः०० बजे देखि २ः०० बजे सम्म सञ्चालन भएको उक्त रक्तदान कार्यक्रममा महिला ५ जना र पुरुष १६ जना गरी जम्मा २१ जना रक्तदाता सहभागी भई अमुल्य रक्तदान गरेका थिए । संचालक समिति, लेखा समिति, सल्लाहकार समिति, उप–समिति, कर्मचारी, शेयर सदस्य र अन्य संस्थासँग सरोकार राख्ने माहनुभावहरुको सकृय उपस्थिती रहेको रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष श्री निरान शाक्यबाट रक्तदाता तथा रेडक्रसका प्राविधिकहरुलाई क्रमश प्रशंसा–पत्र र मायाको चिनो प्रदान गरिएको थियो । गत १२ औं स्थापना दिवस देखि गरिदै आयको यस कार्यक्रमलाई निरन्तरता दिने योजना संस्थाले लिएकोे छ ।
–सहकारी शिक्षा, वित्तिय साक्षरता तथा परिवार योजना कार्यक्रम
सदस्यका निमित्त सदस्य शिक्षा, वित्तीय साक्षरता तथा परिवार योजना कार्यक्रम मिति २०८० फागुन १९ गते, शनिबार, संस्थाको हलमा सफलता पूर्वक सम्पन्न भयो । बिहान १२ः३० बजे देखि ३ः०० बजे सम्म सञ्चालन भएको कार्यक्रममा महिला १६ जना र पुरुष १८ जना गरि जम्मा ३४ जना सदस्यको उपस्थिती रहेका थिए । संचालक समिति, उप–समिति, कर्मचारी, शेयर सदस्यहरुको सकृय उपस्थिती रहेका थियो ।
सो शिक्षा कार्यक्रम सहायक श्री सुरवि कायस्थ र एलिना सुवालबाट सहभागिहरुलाई सहजिकरण गरियो । त्यस्तै प्रबन्धक श्री नवराज सापकोटाबाट सहकारी शिक्षा एवं वित्तीय साक्षरता बिषयमा प्रस्तुति गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका लेखा समिति सदस्य श्री, ऋषिराम गौतमले हालको अवस्थामा सवल संस्था पहिचानमा सहजिकरण गर्नु भएको थियो । गत आ. व. देखि गरिदै आयको यस कार्यक्रमलाई निरन्तरता दिने योजना संस्थाले लिएकोे छ ।
–समवेदना सहयोग रकम वितरण
सोहि कार्यक्रमका बीच समवेदना राहत ४ जना सदस्यलाई वितरण गरिएको थियो । यस संस्थाको न्युनतम रु.१०,०००।–(१०० कित्ता) बराबरको शेयर खरिद गरेका सदस्यहरुलाई उक्त कोष मार्फत स्वयं र एकाघरको परिवारको मृत्यु भएको अवस्थामा संस्थाले राहत स्वरुप रु. ५०००।– प्रदान गर्दै आएको छ । आ.व.०८०÷०८१ को फागुन १५ गते सम्म प्राप्त विवरणका आधारमा सो कार्यक्रममा उक्त राहत वितरण गरिएको थियो ।
–मोबाईल बैंकिङ् सेवा उद्घान
“प्रविधिको उच्चतम प्रयोग मार्फत सदस्यहरुको सहभागीता” सदस्यहरुलाई सरल भरपर्दो र घरमै बसेर कारोबार गर्न सक्ने गरि विभिन्न प्रविधिको विकासमा वार्षिक योजना अनुसार बढ्दो संक्रमण नगदबाट हुने जोखीमको न्युनीकरण गर्न र नगद रहित कारोबारको माध्यमबाट आफ्नो पैसाको सुरक्षा र कारोबारमा सरलता ल्याउनका लागि १८औं संस्था स्थापना दिवसका अवसरमा सदस्यहरुको माझमा मोबाईल बैंकिङ् सेवा सुचारु गरिएको छ ।
–संरक्षित पूँजि फिर्ता कोष रकम वितरण
यस्तै संस्थाको स्थापना दिवसकै अवसरमा संरक्षित पूँजि फिर्ता कोष रकम वितरण अन्र्तगत भार बमोजिमको कर्जा तर्फ(कूल रकमको ६०%) ३ हजार भन्दा बढि रकम पाउने १४ जना र बचत तर्र्फ(कूल रकमको ४०%) रु. १५०० भन्दा बढि रकम पाउने १४ जना सदस्यहरुलाई उक्त कोषबाट रकम समेत वितरण गरियो ।
–स्वास्थ्य उपचार सहयोग रकम वितरण
यस अवसरमा १ जना सदस्यलाई स्वास्थ्य उपचार सहयोग रकम कार्यक्रका प्रमुख आतिथि श्री शुभलक्ष्मी मानन्धरज्यूबाट उक्त रकम हस्तान्तरण गरियो । त्यस्तै यस आ.ब.मा यो समते २ जना सदस्यलाई स्वास्थ्य उपचार सहयोग रकम उपलब्ध गराइयो । यस योजनामा सहभागी हुनका लागि सदस्यले निरन्तर बचत खाता खोली मासिक न्यूनतम रु. २००।– वा १००।– ले भाग जाने रकम नियमित मासिक रुपमा जम्मा गर्दै जानुपर्नेछ । यस राहत कोषमा सहभागिताको लागि सदस्यको बचत खातामा कम्तिमा रु. १५,०००।– रहेको हुनुपर्दछ । संस्थामा सदस्यता अवधिभर सदस्य विरामी भई अस्पताल भर्ना गरी उपचार गराउँदा बढीमा एक पटकमा रु. १०,०००।– वा बिल बमोजिमको रकम भुक्तानी गरिनेछ । राहत कोषबाट उपलब्ध गराउने रकम (बढीमा ४ पटक गरी) रु. २०,०००।– भन्दा बढी हुने छैन । अस्पतालमा भर्ना भई उपचार गराएको व्यहोराको अग्रिम जानकारी संस्थामा गराउनु पर्नेछ । यस योजनामा आवद्ध हुने सदस्यको खाताबाट फिर्ता नहुने गरी सदस्य अवधि भर वार्षिक रु. १००।– कट्टि गरी “स्वास्थ्य उपचार राहत कोष” मा जम्मा गरिनेछ ।
–नयाँ बचत योजना शुभारम्भ
यस अवसरमा पिपुल्स सुनौलो भविष्य बचत योजना १६ बर्षे कार्यक्रम सञ्चालनमा ल्याएको छ । जसमा सहभागी हुन चाहने सदस्यले रु.१ लाख, रु.२ लाख, रु.३ लाख र रु.४ लाखका दरले वा सो को गुणामा हुन आउने रकम एक्मुष्ट बचत गरि योजना स्किमको छनौट गर्नुपर्नेछ । संस्थाले मासिक रुपमा उपलब्ध गराउने भनिएको रकम सदस्यको यस संस्थामा रहेको साधारण बचत खातामा जम्मा गरिनेछ र अवधि समाप्ति भए पश्चात संस्थाले कबुल गरे अनुसारको एकमुष्ट रकम भुक्तानी गर्नेछ ।
उक्त योजना संस्थाका सल्लाहकार श्री हरिभक्त कायस्थले सो अवसरमा थप प्रकाश पार्नु भएको थियो ।
–दीर्घकालिन बचतको चेक हस्तान्तरण
मिति २०६५ फागुन ९ गते सञ्चालनमा आएको १५ बर्षे दीर्घकालिन बचत योजनामा जम्मा ३१ जना सदस्यहरुले मासिक रु.२००।–, रु.३००।– , रु.५००।– र रु.१०००।– का दरले १५ बर्ष सम्म नियमित बचत जम्मा गर्नु भई यहि फागुन ९ गते योजना अवधि समाप्त भए पश्चात उक्त ३१ जना सदस्यहरुलाई रु.७४, ८०,०००।–(अक्षेरेपी चौहत्तर लाख असि हजार रुपैंया) मात्रको चेक कार्यक्रका प्रमुख आतिथिज्यू र उक्त सभाका अध्यक्षज्यूबाट हस्तान्तरण गरियो ।
यस बचत योजनामा आबद्ध भई संस्थाको दीर्घकालीन बचत नीति–२०६५ को अधिनमा रहि नियमित मासिक बचत जम्मा गर्नुहुने सदस्यहरुलाई संस्थाले कबुल गरे अनुसारको रकम एकमुष्ट भुक्तानी गरिने छ । जस पश्चात पनि एकमुष्ट भुक्तानी दिए पछिको आगामि बर्षबाट प्रत्येक बर्ष आजिवन रुपमा बार्षिक भत्ता समेत उपलब्ध गराइनेछ ।








