बिगत लामो समयदेखि गीतसंगीत क्षेत्रमा जमेका काभ्रेली चर्चित गायक एवं संगीतकार रामहरि न्यौपाने र गायिका सावित्री राना मगरको नयाँ काँठे लोकदोहोरी गित गाउँमा मेरो घर.. सांगितिक बजारमा आएको छ ।
हालै सार्वजनिक भएको नयाँ काठे लोकदोहोरी गित गाउँमा मेरो घर गितलाई ओएसआर डिजिटल युट्युव च्यानलमा हेर्न सकिन्छ । गाउँ घरको कथा बस्तुलाई गित मार्फत प्रस्तुत गरिएको गितलाई रामहरी न्यौपानेले सिर्जना गर्नुभएको हो । गितको लय न्यौपाने स्वयंले लेखेका हुन भने न्यौपानेसंगै श्याम कुमार राना र सावित्री रानाले स्वर भरेका छन । गितलाई एरेन्ज बिष्णु तामाङ, रेकर्डिङ सागर पुन र शंकरा डिजिटलमा रेकर्ड गरिएको हो ।
भिडियोमा मोडल करिष्मा ढकाल, श्याम कुमार राना, रामहरी न्यौपाने, सावित्री राना मगरलगायतको दमदार अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई प्रविण थापाले निर्देशन गरेका हुन ।
   हेर्नुस भिडियो>