काशिभञ्ज्याङ, बजगाई बन्धुहरुका पुर्खा काशीनाथ बजगाईले बिर्ता पाएको क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको बनेपा–३, मा रहेको काशिभञ्ज्याङमा माण्डव्य बजगाई प्रतिष्ठान काभ्रेको दोश्रो बैठक शुक्रबार सम्पन्न भएको छ ।
माण्डब्य बजगाई प्रतिष्ठान काभ्रे शाखाका अध्यक्ष होमनाथ बजगाईको अध्यक्षता र केन्द्रिय सदस्य राजानन्द माण्डव्यको आतिथ्यतामा भएको बैठकले जिल्लाभर रहेका माण्डव्य र बजगाई बन्धुहरुलाई संगठित गर्ने जसकालागि बिगतदेखि शुरु गरिएको घर धुरी संकलनलाई निरन्तरता दिने । सोहि आधारमा बंशावली प्रकाशन गरिने हुदा सम्पुर्ण बन्धुहरुले प्रतिष्ठानको जिल्ला शाखामा सम्पर्कगरी विवरण उपलब्ध गराउन आग्रह गर्नेसमेत निर्णय भएको प्रतिष्ठानका सचिव कुलप्रसाद बजगाईले जानकारी दिए ।
अछाम जिल्लापछिको दोश्रो मुल थलो रहेको बनेपा–३, काक्रेको इतिहासका बारेमा अध्यन गर्ने, पुराना इतिहास खोज्ने र प्रमाणहरु संकलन गरी बजगाईहरुले बिर्ता पाएको स्थान काशिभञ्ज्याङमा जग्गा प्राप्तिको लागि पहल शुरु गर्ने र सो प्राप्तीपछि माण्डब्य प्रतिष्ठान, काशीनाथ स्मृती पार्कलगायतका भौतिक संरचना निर्माणलगायत गर्न छलफल शुरु गर्ने निर्णय भएको प्रतिष्ठानका सल्लाहकार नवराज बजगाईले बताए ।
काशिभञ्ज्याङमा जग्गा प्राप्ति र हकभोग प्राप्ती प्रक्रिया पुरा गर्नको लागि बनेपा–३, का राजु बजगाई, कुलप्रसाद बजगाई, गोकुल बजगाई र बलराम बजगाई तथा मण्डनदेउपुर–३, का दामोदर बजगाईलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । साथै बंशावली संकलनका लागि अध्यन अवलोकन, भेला र गोष्ठीलगायतका कार्य गरिने उपाध्यक्ष नमराज बजगाईले बताए ।
केहि महिना अघि मात्रै होमनाथ बजगाईको अध्यक्षतामा माण्डब्य बजगाई प्रतिष्ठान काभ्रे गठन भएको थियो । जसको उपाध्यक्षमा नवराज बजगाई (होक्से), सचिवमा कुल प्रसाद बजगाई (नाला), कोषाध्यक्ष अर्जुन प्रसाद बजगाई (धुलिखेल–९), र सदस्यहरुमा पुरुषोतम बजगाई (नयागाउँ), ईन्द्र प्रसाद बजगाई (सिंगे), राजु बजगाई (नाला), नवराज बजगाई (नाला), बलराम बजगाई (बेथानचोक), राजकुमार बजगाई (ढुंखर्क) र बिदुर बजगार्इ (नाला) रहेका छन ।
त्यसैगरी सल्लाहकार समितिमा लोकनाथ बजगाई (नाला), नवराज बजगाई (सञ्चारकर्मी), भुवन बजगाई (नयागाउँ), बल्लभ बजगाई (होक्से), कृष्णबुद्ध बजगाई (बनेपा) र उदय बजगाई (नाला) रहेका छन ।









