बनेपा ५ मा विपन्न परिवारलाई नगद र अपांग व्यक्तिलाई हुइल चियर प्रदान
काभ्रेपलान्चोक – बेलायतमा रहेको माइला कान्छा मानवीय सहयोग समुह र नेपाल तरुण दल केन्द्रिय सदस्य सुधीर बैधले संयुक्त रुपमा आर्थिक अवस्था कम्जोर भएका बनेपा नगरपालिका वडा ५ मिजार बस्तीमा अपांग भएको व्यक्तिलाई हुइल चियर प्रदान र आर्थिक रुपमा विपन्न परिवारलाई नगद सहयोग गरिएको छ । आज बनेपा नगरपालिका वडा नं. ५ निवासी विपन्न परिवारलाई नगद र अपांग व्यक्तिलाई हुइल चियर सहयोग गरिएको हो ।
बनेपा इन्द्र शोभा मिलन युवा क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता हरि थापाको विशेष पहलमा आर्थिक रुपामा विपन्न परिवार लाई नगद र अपांग व्यक्तिलाई हुइल चियर सहयोग गरिएको थियो ।
बेलायतबाट नेपालमा पटक पटक सामाजिक अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु लाई सहयोग गर्दै आउनु भएको माइला कान्छा मानवीय सहयोग समुहको तर्फबाट पार्बती गुरुङ, माया गुरुङ र सुधीर बैधकले सहयोग गरेका थिए ।
कार्यक्रममा सुधीर बैध, हरि थापा, नेपाल तरुण दल काभ्रेको जिल्ला उपसभापतिहरु, नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति, नेपाल तरुण दल बनेपा नगर सभापतिको हात बाट बनेपा ५ मिजार टोल निवासी अपांग भएको व्यक्ति लाई हुइल चियर र विपन्न परिवारलाई १८,१५० नगद सहयोग गरिएको थियो ।
उक्त कार्यक्रममा आर्थिक अवस्था कम्जोर भएका मानिसहरु लाई नगद सहित चाउचाउ बिस्कुट समेत हस्तान्तरण गरिएको थियो ।
सहयोग कार्यक्रममा नेपाली कांग्रेस बनेपा ५ वडा सभापति लगायत अन्य व्यक्तिहरु उपस्थितमा सहयोग प्रदान गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रम पछि विशेष सहयोगी हातहरु लाई धन्यवाद दिदै आगामी दिन पनि यस्ता सहयोग कार्यक्रमहरु गर्दै जाने नेपाल तरुण दल केन्द्रिय सदस्य सुधीर बैधले बताउनु भयो ।