बागमति प्रदेश दुग्ध विकास बोर्ड अन्तरगत बागमती प्रदेशमा दुग्ध क्षेत्र सुधार समितीले पहिलो पटक सरोकारवालासँग काठमाडौंमा एक छलफल कार्यक्रम आयोजना गरेको छ ।

यस छलफल कार्यक्रममा बागमति प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटा, बोर्डकी नि। निर्देशक डा। सजिना ज्ञावली, नेपाल डेरी एसोसिएसन केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रिय सदस्य रमेश सञ्जेल, नेपाल डेरी एसोसिएसन बागमति प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, केन्द्रिय दुग्ध सहकारी संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाको सहभागिता रहेको थियो ।

छलफल कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अहिले लम्की रोगका कारण लाखौं पशुहरु संक्रमित भएका छन् भने ५० औं हजार पशुको मृत्यु भएको छ। यसले किसानको ठूलो नोक्सान भएको छ भने दुध उत्पादनमा समेत कमी भएको छ । यसले तत्काल दुध अभावको समस्या नदेखिएता पनि आउँदो सिजन फल्गुणबाट दुधको ठूलो अभाव हुने कुरा बताए । केन्द्रिय दुग्ध उतपादक सहकारी संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले अहिले देशमा लम्की रोगका कारण दुध कम हुनु पर्नेमा दुध बढि भएर मिल्क होलिडे हुने अवस्था आएको छ । यो भारतका सिमाबाट अवैध बाटो हुँदै दैनिक लाखौं लिटर दुध भित्रिंदा यहाँ ठूलो समस्या आएकोले तत्काल सिमा नाकामा कडाई गरिनु पर्ने कुरामा जोड दिनुभयो । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले अहिलेको समस्या हल गर्न राज्यले सहयोग गनुपर्ने, होइन भने अझ थप विकराल समस्या आउन सक्ने कुरा बताए । बोर्डका नि। निर्देशक डा। सजिना ज्ञावलीले अहिले देखिएको समस्या हल गर्न नै यो छलफल आयोजना गरेको कुरा बताउनुभयो । बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटाले यहाँ उठेका सबै समस्याको हल गर्न बोर्डले प्रयास गर्ने छ, अहिले किसानले उत्पादन गरेको दुध बिक्रि हुन गाह्रो भएको र बिक्रि हुँदा पनि उद्योगबाट समयमै भुक्तानी नपाएकाले तत्काल दुग्ध विकास संस्थान र निजी उद्योगहरुले समयमै किसानको भुक्तानी गर्न आग्रह गरे । किसान समस्यामा भएकाले भोलिका दिनमा थप समस्या नहोस् भनि बोर्ड लागिरहेको छ। साथै किसानका समस्या हल गर्न तत्काल सबै सरोकारवालाहरु लाग्नुपर्ने कुरा समेत उपाध्यक्ष सापकोटाले बताए ।