२० , मङ्सिर / काभ्रेपलान्चोक – बनेपा राष्ट्रिय सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण” कार्यक्रम आज नेपाल पुलिस क्लब भृकुटीमण्डपमा संस्थाको अध्यक्ष नीलकण्ठ पौडेल सभापतित्वमा र उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव को प्रमुख अतिथिमा सम्पन्न भयो ।
कार्यक्रम लाई सम्बोधन गदै उपप्रधानमन्त्री यादवले,राज्यका हरेक संरचनमा केन्द्रले आजै १ करोडको अपाङ्गता अक्षय कोषको समेत स्थापना गरेको छ । कार्यक्रममा अपाङ्गताको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएबापत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्नुका साथै अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर र वैशाखीसमेत वितरण गरिएको थियो ।
कार्यक्रम मा महानगरीय प्रहरी रानिपोखरीका एस एस पी श्याम ज्ञवाली ,उर्मिला डंगोल ,कमल कटुवाल ,रबिन प्रसाद थपलिया ,सरिता थुलुङ,आशिका तामाङ लगाएतको उपस्थिति थियोे ।कार्यक्रम मा रमा न्यौपाने र निलम ढुंगाना को एउटा खुट्टाले गरेको नाचको बिशेश आकषर्ण प्रस्तुति रहेको थियो।








