हरेक बिधाका गितमा दख्खल भएकी गायिका इन्दिरा भट्टराई र सागर अधिकारीको स्वर रहेको गणेश भजन ‘हे गणनायक‘ सार्वजनिक भएदेखि नै चर्चामा रहेको छ । सागर अधिकारीकै शब्द तथा सङ्गीत रहेको भजनको भिडियो समेत सार्वजनिक भएको हो ।
केहि समयअघि नायव बडागुरुज्यू प्रा. डा. माधव भट्टराईको प्रमुख आतिथ्यमा राष्ट्रिय धर्मसभा नेपालको भक्तपुर स्थित शिव मन्दिरमा गणेश भजन ‘हे गणनायक‘’ को भिडियो सार्वजनिक गरिएको हो ।
दिनेश पराजुलीले छायाँकन रहेको भिडियोमा उत्तर मगरको सम्पादन र बसन्त सापकोटाको निर्देशन छ । एचओ एच म्युजिकको अफिसियल च्यानलमा गएर भिडियो हेर्न सकिन्छ । –नव क्षितिज साप्ताहिकबाट








