गायिका इन्दिरा भट्टराईको आवाजमा सिंहदरवार झ्यालैमा ऐना नामक म्यूजिक भिडियो केहि दिन अघि सार्बजनिक भएको छ ।
सिंहदरवार झ्यालैमा ऐना म्यूजिक भिडियोलाई प्रियसी म्यूजिक युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
मोहन थापाको शब्द रचना रहेको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको अभिनय रहेको छ । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको म्यूजिकभिडियोको निर्देशन बबिता श्रेष्ठले गरेका छन् भने नृत्य निर्देशक देबेन्द्र पाण्डेको रहेको छ ।
करण चैसिरको छायांकन, मिन रावलको सम्पादन तथा नरेन्द्र वियोगीद्वारा एरेञ्ज गरिएको म्यूजिक भिडियोमा मिक्स तथा मास्टरिङ् श्याम श्वेत रसाइलीले गरेका छन् ।
लेकबेसीका सुसेलीले गीतबाट गीतसंगीतमा ख्याती कमाएकी गायिका भट्टराईले ७ वटा देउडा गीत, चेलीको व्यथा, काठमाडौंको माइक्रो बसैमा, मायाको घर, न्यूरोडमा एक्सिडेन्ट, तिमी विना लगायत दर्जनौं गीतहरु गाइसकेकी छन् ।
हेर्नुस भिडियो








