मन्जु श्री अशाहय संरक्षण केन्द्र काठमाडौंले माहाङकाल मन्दिर र सङकटा मन्दिर वरिपरिमा बस्ने दिन दुखिहरुकाे लागि खाजा बितरण गरेको थियो । झण्डै सय जनाको संख्या लाई वितरण गरिएको मन्जुश्री अशाहय संरक्षण केन्द्र काठमाडौंका अध्यक्ष मिना बस्नेतले जानकारी दिनु भयो । कोरोना माहामारी तथा अन्य कारणले कमजोर आर्थिक अवस्था भएका मानिसहरू लाई मानो देखि घरको छानो सम्मका सहयोग उपलब्ध गराइएको छ ।
कमजोर आर्थिक अवस्था भएका दलित फरक क्षमता भएका परिवार, अनाथ, एकल महिला, आगलागीबाट क्षेति भएका परिवारहरु लाई उनीहरुको आवश्यकता हेरेर सहयोग गरिने समाजसेवी राजन थापाले बताउनु भयो ।
मन्जुश्री काठमाडौंका पदाधिकारीहरुमा उपाध्यक्ष श्री मन्जु श्रेष्ठ माहासचिव श्री कमला अधिकार, सचिव श्री रेखा बस्नेत, आजिवन सदस्य श्री इन्दु खत्री, प्रेस समयाेजक श्री राजन थापा लगायतको उपस्थितिमा खाजा फलफूल वितरण गरिएको थियोे ।
मन्जु श्री अशाहय संरक्षण केन्द्र दिन दुखि, असाय, बिपन्न र उत्पिडित समुदायको सहारा बन्न पुगेको छ ।








