सरकारको पछिल्लो निर्णयले फिल्म हल संचालकलाई ठूलो धक्का


अरबिन्द्र गौतम, बनेपा
काभ्रेको व्यस्त बजार बनेपाको चारदोबाटो छेउमै रहेको शुभकामना सिनेमा हल लकडाउनको कारणले बन्दभयो । करोडौ रुपियाँ लगानी गरेर बनाएको हल अहिले बन्द अवस्थामा छ ।

काभ्रेका तीन वटा फिल्म हलहरु लकडाउन देखि अहिलेसम्म राम्रो सँग संचालनमा आउन सकेको छैन । विद्यालय बन्द भए पछि विद्यार्थीहरु फिल्म हेर्न आउने आशमा थिए तर अहिले ती हल व्यवसायीहरु सरकारको पछिल्लो निर्णयले झनै थला पर्ने अवस्थामा पुगेका छन् ।
बनेपाको शुभकामना सिनेमा हलका संचालक दुर्गालाल प्रधान सरकारले भनेको सबै मापदण्ड पुरा गर्न तयार रहेको बताउनुभयो ।
प्रधानले भने,–‘ अत्याधुनिक प्रविधिको प्रयोगसँगै पुर्णरुपमा एसी, डल्बी साउण्ड सिस्टम र अत्याधुनिक सिटसहित मल्टिप्लेक्सको सुविधामा हल संचालन गरिएको थियो ।’ कोरोना महामारीका कारण थला परेको हल व्यवसाय पुनः प्रभावित भएसँगै काभ्रेमा रहेका ३ वटा हलको अर्बाै रकम जोखिममा परेको छ ।

कोरोना भाइरसले नेपाली फिल्मी क्षेत्रलाई नराम्रो असर पारेको उल्लेख गर्दै उनले १३ महिना भन्दा बढि हल बन्द गर्नुपर्दा फिल्म व्यावसायीलाई निकै मार परेको बताए । जिल्लाको व्यापारिक शहर बनेपामा रहेको शुभकामना हल माघ १ गतेबाट संचालनमा आएको थियो । यस बाट चलचित्रकर्मीहरुले केही राहत महसुश गरेका थिए ।

अर्का हल संचालक अमृतका अनुसार महामारी सुरु भएसँगै लामो समयसम्म बन्द भएको हल र व्यावसायीहरु भर्खर लयमा फर्किन थालेको थियौँ । तर कोरोनाको दोस्रो लहरका कारण नयाँ वर्षको सिजनमै हलहरु फेरि बन्द गर्नु पर्यो, हलका कर्मचारीलाई तलब दिन सक्ने अवस्था नभएर अहिले काठमाण्डौँको बागबजारमा टेलर संचालन गरेर बसेका छौ ।

उता, हलमा काम गर्नै कर्मचारी पनि हल बन्द भएकाले जागिर नै नहुने हो कि भन्ने पिडामा छन् । हल बन्द हल बाट केही आम्दानी छैन कसरी सहुलाई पैसा माग्ने कसरी जिबिका चलाउने भनेर दुखेको पोखेका उनले चिया खाने पैसा समेत नभएको बताए ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिनेमा हलहरू बन्द गर्ने निर्णय गरेको छ भने मनोरञ्जन सम्बन्धि मेला महोत्सव लगायत कार्यमा २५ जनाभन्दा बढीलाई सहभागी हुन रोक लगाएको छ । कोरोना महामारीका कारण २०७६ चैत ११ मा पहिलोपटक लकडाउन भएपछि गत वर्षको वैशाखमा सिनेमा हल व्यवसायीहरुले व्यापार गुमाए ।

मापदण्ड मान्न तयार
हल संचालक बन्द गर्दा अन्य क्षेत्रमा पर्न सक्ने असरलाई समेत सरकारले विचार गर्नुपर्ने व्यवसायीको आग्रह छ । वाषिर्क करीब लाखौ कर तिर्ने यो व्यवसायलाई बचाउने र महामारी पनि नफैलिने गरी सरकारले कदम चाल्नुपर्ने उनीहरू सुझाउँछन् । सामाजिक दूरी पालना गराउने, सरसफाइ गर्ने, भीड हुन नदिनेलगायत मापदण्ड मान्न काभ्रेका सिनेमा हल संचालक तयार छन् ।

प्रतिक्रिया दिनुहोस्