ताम्सालिङ राज्य समितिको संयोजकमा राल्फाली


 

बनेपा, आदिवासी जनजाति समुदायका भाषालाई जोडदार रुपमा लेखन गर्न तथा तिनका मौलिक साहित्यसमेतलाई लिखित गर्न, गराउन सम्बन्धित जाति, समुदायका स्रष्टाहरुलाई उत्प्रेरित गर्ने उदेश्यले स्थापना भएको आदिवासी जनजाति साहित्यकार महासङ्घको ताम्सालिङ राज्य समिति गठन भएको छ ।
काठमाडौंमा भएको विशेष भेलाले योकबहादुर घिसिङ ‘योगेश राल्फाली’ को संयोजकत्वमा १५ सदस्यीय ताम्सालिङ राज्य समिति गठन भएको हो । जसको सह–संयोजकमा रचना मोक्तान, सचिवमा सजना लामा गोले, आर्थिक संयोजकमा कुन्ति थामी, सदस्यहरुमा स्वंयम्बर सिं ग्लान, राम बि. लामा, राजु मोक्तान, ङेमा गोले, सिर्जना लामा, इश्वर थोकर रहेका छन । भने बाँकी ४ जनालाई कार्यसमितिको बैठकले नियुक्ति गर्ने छ ।
भेलामा भाषाविद अमृत योन्जन तामाङ, केन्द्रीय सचिब बुद्ध योन्जन र केन्द्रीय सदस्य कबिराज तामाङको विशेष सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्