काभ्रेपलाञ्चोक, विश्वमा फैलिएको कोरोना भाइरसको बिशेष र्मकामा छन् धेरै कलाकारहरु कतिपय कलाारको जिवन चलाउन नै धेरै समस्या परेको छ । सबै क्षेत्र बिस्तारै खुले पनि मनोरञ्जन सम्बन्धि कुनै पनि कार्य भएको छैन । कोरोना कहर अझै यथावत नै छ । विश्वका कतिपय देश अहिले पनि लकडाउनकै अवस्थाबाट गुज्रिरहेका छन् । नेपालमा अहिले कोरोनाविरुद्ध खोप सुरु भएको छ । यस बाट पनि भने केही आशा जगाएको छ ।

नेपालले बुधबारबाट सुरू गरेको खोप अभियान भारतले अनुदानमा दिएको दश लाख डोजबाट हो । एक जनाले दुई पटक लगाउनु पर्ने हुनाले यो खोप पाँच लाखभन्दा कम नेपालीलाई मात्र पुग्छ। लगाउने क्रममा झन्डै १० प्रतिशत खोप खेर जान सक्ने भएकाले चार लाख जनामा खोप लगाउने स्वास्थ्य मन्त्रालयको योजना छ।

भारतले दिएको अनुदानको खोप सकिएपछि अर्को खोप नेपालमा कहिले र कहाँबाट आउँछ, अझै एकिन छैन। विश्व स्वास्थ्य संगठनलगायत अन्तराष्ट्रिय संस्थाहरुले मिलेर गरिब मुलुकहरूलाई अनुदानमा दिने खोप पनि नेपालले केही संख्यामा पाउने छ। तर त्यो खोप कति र कहिलेसम्म आउँछ भन्ने एकिन छैन। नेपालले अहिलेसम्म खोप किन्नका लागि कुनै कम्पनीसँग सहमति गरिसकेको छैन। प्रस्तावसम्म पठाएको छैन।

सरकारले कोरोनाका कारण प्रतिबन्ध गरेको फिल्म, उद्योग व्यवसाय, रेस्टुरेन्ट व्यवसायलगायत धेरै क्षेत्रको प्रतिबन्ध हटाएको छ । तर मेलामहोत्सव, स्टेज कार्यक्रम लगायतको प्रतिबन्ध भने हटेको छैन ।

नेपाली साङ्गीतिक क्षेत्रका गायक, गायिका, मोडल, जादुगर, कमेडियन कलाकारलगायत अधिकांश कलाकार स्टेज कार्यक्रमबाट पालिएका छन् । त्यस्ता कार्यक्रम अझै बन्द रहँदा लाखौँ कलाकार अहिले बेरोजगार भएर घरमै सीमित हुन पुगेका छन् भने दोहोरी साँझ बाट जिबन चलाउने कलाकार लाई बाच्न नै गार्हो भएको छ ।

मेला महोत्सब बिभिन्न प्रोग्राम बाट जिबन र परिवार पाल्नेदेखि समाजसेवामा समेत खर्चिने ती कलाकार अहिले आर्थिका अभावको अवस्थामा जिउन बाध्य भएका छन् । अब यस्तै हो भने कसरी र के गरेर चल्ने सोच बिचार गदै गरेको बताए । केही भने पर्ख र हेरेको अवस्थामा रहेका छन् । स्टेज कार्यक्रम बन्दा हुँदा उनीहरुमा परेको आर्थिक समस्या, अहिले जारी क्रियाकलाप र आगामी दिनका विषयमा कलाकारसँग गरिएको कुराकानी उनीहरूकै शब्दमा ।

गायक सरोज लामिछाने
यो जटिल समयमा हरेक कलाकारको समस्या उस्तै छ , मेला महोत्सब बन्द हुदाँ भर्खरै बजारमा चल्दै गरेका र सुरुवात गरेका हरुलाई त बज्रपात नै पर्यो । तर सफल भैसकेका या बजारमा बिकिसकेका हरुलाई चाहिँ केही बैक ब्यालेन्स अर्थात आफ्ना सृजनाको या कामको मूल्य लिएर पनि बाच्न राहत पुग्यो । यो हरेक मान्छेलाई परेको बिपत हो त्यसैले अरुको हेरेर या भोलिको दिनको कल्पना गरेर प्रतीक्षामा बस्नु बाहेक बिकल्प छैन । हामी त्यो दिनको प्रतीक्षामा छौँ जुन दिन आघात माया दिने दर्सक श्रोताहरु माझ पुग्न पाईयला । र फेरि आफ्नो कर्मलाई निरन्तर दिन पाईयला ।

गायिका स्मृति गौतम
लामो समय कोरोना महामारी र त्यसले उब्जाएका समस्याको सिकार विश्वभरका मानिसहरु हुनपर्यो । यो यथार्थ सबैलाई थाहा छ । अझ फिल्म, कला र मनोरन्जन क्षेत्रमा भिजेकाहरुलाई यो समयले निकै धकेल्यो । विश्वभर कोरोनाको माहोल तातिरहँदा नेपालमा भने राजनीतिक सरगर्मी बढ्यो । यसको सिकार हामी नेपाली अझैसम्म पनि भइरहेका छौं । ‘हुने हार दैव नटार !’ भनेझैं यतिबेला हामी कलाकर्मीहरुलाई भएको छ । कोरोना महामारीको बीचमा प्रधानमन्त्री जस्तो गरिमा बोकेका मान्छे बालुवाटारबाट सिधै तेह्रथुम पुगेर एक हुल मान्छे जम्मा गरे । ‘आफूले गरे सबै ठिक, जनताले गरे कानुन मिचिने’ भन्दै जरिवाना र कारबाही । दुई वर्ष अघिमात्र चाटाचाट गरेर एउटै थालमा भात खाएर हिँडेका नेताहरु अहिले एकअर्काको कुरा काट्नमा व्यस्त छन् । सोही पार्टीका कार्यकर्ता भनौदाहरु आ–आफ्नो नेताको गुलामाीबाहेक केही गर्न सकेका छैनौं । कामठमाडौंमा यति मान्छे भेला पार्यौं, यो जिल्लामा यति पार्यौं भनेर यी दुई समूहरु लाखौंको संख्यामा मानिसहरु जम्मा पारिरहेका छन् । तर, कोभिड र त्यसको डर देखाएर अझैसम्म पनि हामी कलाकर्मीको स्टेज भने खुला गरिएको छैन् । हुनत, हजारौंको संख्यामा तीनै नेताहरुले मानिस जम्मा पार्दा हामीले मुखमा ताल्चा लगाएर बस्यौं । आज हाम्रो स्टेज नखुल्दा सरकार कानमा तेल हालेर बसेको छ । यसले साँच्चै हामीलाई बिहान बेलुकाको छाक टार्नै धौ–धौ परिरहेको छ ।

मोडल सञ्जिव ठकुरी 
कोरोनाको कारणले हामी लाई मात्र होइन सबैलाई समस्या पारेको छ । बिशेष गरी मेला महोत्सब प्रोग्राम नहुदाँ आज भोलि सम्म पनि हामिलाई गार्हो छ । एल्वम बाट खासै आम्दानी हुदैन । स्टेज कार्यक्रमबाट राम्रो आम्दानी हुन्थ्यो । अरु क्षेत्र सबै खूल्यो हाम्रो क्षेत्र अहिले सम्म खुलेको छैन । त्यसले आर्थिक रूपमा निकै गह्रा समस्या त हुने भैहाल्यो ।

गायक किरण गौतम
कोरोनाको समयमा काठमाण्डौँमा नै थिए । हाम्रो आम्दानीको श्रोत भनेको नै गित संगित क्षेत्र थियो । सबै क्षेत्र खुले पनि यो क्षेत्र अझैपनि राम्रो सँग खुल्न सकेको छैन । गीत सङ्गीतको अलवा अन्य केही विकल्प वा काम हुनुपर्दाे रहेछ । आर्थिक रूपमा हेर्ने हो भने हाम्रो आम्दानीको स्रोत भनेकै मेला,महोत्सव, स्टेज कार्यक्रम दोहोरी साँझ थियो यो कुनै नभएपछि आर्थिक रूपमा धेरै मार परेको छ ।कोरोनाको समस्या विश्वमा भएकाले यसलाई अहिलेसम्म नर्मल रूपमा पनि हेरियो । आफ्नो पीडा आफ्नै मनमा राखियो । त्यसले बाँच्न सजिलो नहुँदो रहेछ भन्ने पनि अहिले सिकियो ।

गायक रामशरण आले मगर
कोरोनाको समयमा म चाँहि काठमाण्डौमा नै थिए । गित संगित क्षेत्रको अलावा अरु कुनै पेशा व्यावसाय हुनुपर्छ । गित संगितको साथ साथै म सरकारी पेशामा आब्बद छु । संगित क्षेत्रलाई नै पेशा बनाउनेहरु लाई बाच्न गार्हो छ । गित संगित क्षेत्र लाई नै पेशा व्याबसाय बनाउनेहरु लाई यो नै बन्द भए पछि गार्हो त हुने भैहाल्यो । गित संगित मनोरञ्जन सम्बन्धि कुनै पनि कार्यक्रम नहुँदा अल्लि समस्या नै छ । व्यावसायीक कलाकारहरु लाई स्टेज कार्यक्रमहरु पूरै बन्द हुँदा बाँच्न दैनिक गुजारा चलाउन गाह्रो छ ।

गायक दिनेश श्रेष्ठ
म कोरोनाको महामारीमा काठमाडौं तिर नै थिए । विश्वमा कोरोना भाइरस फैलिएपछि धेरै लाई ठूलो आर्थिक समस्य आइलाग्यो गित संगीत क्षेत्र ठप्प छ । करिब एक वर्षदेखि स्टेज कार्यक्रम बन्द छन् । अझै कहिले राम्रोसँग खुल्छ भन्ने अवस्था छैन । जो स्टेजबाट परिवार पाल्दै, जीवन चलाउँदै आएका थिए ती सबै कलाकारलाई निकै गाह्रो भएको छ । अब खुल्छ भन्नेमा आशावादी छौँ । सरकारको अनुमति नभए पनि फाट्टफुट्ट एक दिने कार्यक्रम हुन थालेकाले केही आशा पलाएको छ । गीतसङ्गीतमा निरन्तरताका लागि लगानी गरेर खर्च मात्र हुने काम भएको छ । हिजो कमाएको अहिलेसम्म पुगेको । तर पनि धेरै गाह्रो अवस्था छ ।