पनौती, राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहायक कम्पनी आरकेसिएनएल फुड बैंक लि.ले मोबाईल एप्समार्फत एकै क्लिकमा उपभोक्ताको भान्सामा तरकारी तथा फलफूल पुर्याउने नयाँ एप्स सहितको विषेश योजना ल्याएको छ । कृषक र उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यसहित काभ्रेको पनौतीमा ‘फुड बैंक’ र ‘सुपर मार्ट’ सञ्चालनमा आएको हो ।
शनिबार औपचारिक शुभारम्भ भएको फुड बैंक र सुपर मार्टबाट विषाक्त तरकारी तथा फलफूलमा पनि अत्याधिक बिचौलिया र असमान, अस्वभाविक मुल्यको मारलाई समेत लक्षित गरी सुपरमार्टमार्फत किसानका उत्पादनलाई ग्रेडिङ, प्योजिङ, भण्डारण गरी सिधै उपभोक्ताको भान्सामा पुर्याउने योजना ल्याइएको कम्पनीका अध्यक्ष विशाल हुमागाँईले बताए । हालै उक्त सेवा लिन १५ हजार जना जोडिसकेको सो सेवा काठमाडौं ललितपूर, भक्तपुर, काभ्रेवासीहरुले लिन सक्ने बताइएको छ । सर्वप्रथम उक्त कम्पनीले उपलब्ध गराएको राष्ट्रिय कृषि बजार एप्स गुगल प्ले स्टोरमा गएर डाउनलोड गरी आफ्नो नम्बरबाट रजिष्टर गरी कस्टमर आईडी बनाउनुपर्ने छ र उक्त एप्समार्फत हप्ताको दुई पटकसम्म आफूलाई आवश्यक रहेको तरकारी तथा फलफूलको विवरण माग गर्न सकिने र माग गरिएको केही समयमा नै उक्त कस्टमरको लोकशनमा डेलिभरी समेत हुने व्यवस्था गरिएको छ ।
कृषि प्रविधि लाई जोडेर समुहगत किसानलाई ति उत्पादित बस्तुको बजार मागको तथ्य उत्पादन अवस्था र उत्पादन क्षमता तथा समयको समेत कुरालाई बुझेर त्यस्ता उपभोक्ताका माग भएका बस्तुहरुको ती समुहगत किसान मार्फत उत्पादन गराएर उनीहरुको उत्पादनलाई वजन वास प्रविधि मार्फत ९९ प्रतिशत विषादी रहित बनाई उपभोक्ताको भान्सामा पुर्याउने काम अन्तिम चरणमा पुगेको कम्पनीका अध्यक्ष हुमागाँईले बताए । कम्पनीमा ५ हजार शेयर सदस्यबाट ८५ करोड पुँजी रहेको जसमा तराईका ८ जिल्ला पूर्व नेपालदेखि पश्चीम नेपालसम्मका रैथाने उत्पादनलाई समेत जोड्ने दीर्घकालिन लक्ष्य लिएको बताएका ।
काभ्रे जिल्लाको पनौती– ५ प्रहरी प्रशिक्षण केन्द्र अगाडी सुरु गरिएको वजन वास प्रविधिको काममा भने हाललाई काभ्रे जिल्लाको १३ वटै स्थानीय तहाका किसान र छिमेकी जिल्लाहरु रामेछाप, सिन्धुपाल्चोक दोलखाका किसानका उत्पानलाई समेत प्राथामिकता दिइने बताइएको छ । २०८७ सम्म ६० हजारको संंख्यामा किसान समूह बनाउने जसमा १२ लाख किसानलाई आवद्ध गराउने लक्ष्य कम्पनीले लिएको अध्यक्ष हुमागाँईले गरी जानकारी दिए । सुरक्षित खाद्य प्रणालीको नीति लाई अवलम्बन गरी वजन वास गरेका तरकारीका ल्याब टेष्ट समेत गरेर हेरिएको बताउँदै किसानलाई बिषादी सहितको उत्पादन भन्दा पनि बिषादी रहित अर्गानिक कृषि उत्पादन तर्फ जोड दिन उक्त प्रविधि अपनाइएको बताइएको छ ।
उपभोक्ताका लागि सुरक्षित र स्वास्थ्यकर विकल्पको रुपमा यसलाई अन्य मुलुकमा समेत अवलम्बन गरिँदै आएको छ । यस प्लेटफर्मबाट खरिद गरिने तरकारी तथा फलफूल ‘ओजोन वासिङ प्रविधि’ प्रयोग गरी सफा गरिन्छ । कम्पनीका अनुसार यस प्रविधिले विषादीको मात्रा घटाउने,ब्याक्टेरिया तथा हानिकारक जीवाणु नष्ट गर्ने, खाद्यजन्य रोगको जोखिम कम गर्ने, उत्पादनलाई लामो समयसम्म ताजा राख्ने जस्ता फाइदा प्रदान गर्ने कम्पनीको दाबी छ ।
फुड बैंक र सुपर मार्ट को शनिबार काभ्रे क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य वदन भण्डारीले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । कार्यक्रममा भण्डारीले आम नागरिकहरु विश्वमा प्रकृतिसँगको ब्यवहारमा फर्कने अभियान संचालन गर्ने अवस्थामा पुगेको बताए । सरकारले सुशासन र भ्रष्टाचार रहित मुलुक निर्माणका लागि प्रतिवद्धता ब्यक्त गर्दै २०६२–२०८२ अवधीको सम्पत्ति छानविन शुरु गरेको बताए । सँगै उनले सम्पत्ति छानविनसँगै योजनाहरुका सन्र्दभमा पनि छानविन हुने बताए । काभ्रेमा एकीकृत खानेपानी, सुरक्षण मुद्रण प्रेस लगायतका आयोजनाका बारेमा छानविन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा लगायतलेले राष्ट्रिय कृषि कम्पनिको लक्ष्य, उदेश्य र योजनामा सहकार्य र समन्वय गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।








