विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, वागमति प्रदेश कार्यसमितिको बिहिबार सम्पन्न तेस्रो प्रदेश सभा तथा अघिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
काठमाडौंको मैतिदेवि स्थित गोदाबेणुगोपाल भगवान् मन्दिर ९बैष्णव मन्दिर० मा अध्यक्ष उद्धव प्रस्साद नेपालको सभापतित्व र श्री १००८ स्वामी श्रीचतुराभुजाचार्य चुडामणीजी महाराज वृहद शान्तिधामका मठाधीसको प्रमुख आतिथ्यता तथा केन्द्रीय अध्यक्ष डा। रामचन्द्र अधिकारीको अभिभावकत्वमा भएको कार्यक्रममा नेपाल वैदिक महर्षि फाउण्डेशनका अध्यक्ष दीपक प्रसाद बास्कोटा, भारतको दिल्ली स्थित द्यब्एक् स्वामीनारायण अक्षरधामका प्रमुख पुज्य मुनिवत्सलदास स्वामीज्यू, सन्त निर्देशक दिल्लीका पुज्य धर्ममूर्तिदास स्वामीज्यू, उत्तरभारतका पुज्य त्यागनिष्ठदास स्वामीज्यू, भजन गायक पुज्य शुद्धस्वरूपदास स्वामी, धार्मिक अभियान्ता एवं पूर्व सांसद शंकर प्रसाद पाण्डे, केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खराल, प्रविण घिमिरे, सनातन सम्पदाका महासचिव चन्द्र वहादुर थापा, केन्द्रीय उपाध्यक्ष गणेश प्रसाद न्न्यौपाने, केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश अध्यक्ष मुक्तिराम अधिकारी, केन्द्रीय महासचिव रामचन्द्र तिवारी, बैष्णव मन्दिरका मठाधिश यतीन्द्राचार्य र पूर्व वरिष्ठ उपाध्यक्ष एवं भावातित ध्यान योग गूरू भरतराज पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो । वास्तुलोचन भवनका पं ज्योतिष डा। उत्तम उपाध्याय न्यौपाने, केन्द्रीय सचिव अर्जुन कुमार पौडेल, सुदुरपश्चिमका डा। पद्मा साउदलगायतको आतिथ्यतामा, अन्य केन्द्रीय पदाधिकारी तथा सदस्यज्यूहरू, वागमति प्रदेशका पदाधिकारी तथा सदस्यज्यूहरू, मातृशक्ति प्रमुखहरू, जिल्ला अध्यक्षहरु, जिल्लाहरूबाट पाल्नुहुने प्रतिनिधीहरू, पर्यवेक्षकहरू, धार्मिक गूरूहरू, धार्मिक अभियान्ताहरू, पत्रकार लगायत करिव ३०० जनाको सम्मुपस्थितिमा पं। अच्यूत प्रसाद पौडेल चिन्तन र पं। रूद्र लोचन आचार्य गुरूहरू लगायतबाट स्वस्तिवाचन गरि उद्घाटित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हृयगृव आचार्यवाट, व्याच वितरण सह कोषाध्यक्ष विमला खनाल न्यौपाने, जिल्ला अध्यक्ष निलनाथ आचार्य र रामचन्द्र अधिकारीवाट अध्यक्षको प्रतिवेदन अध्यक्ष उद्धव प्रसाद नेपालवाट, सचिवको प्रतिवेदन सचिव अर्जुन प्रसाद सापकोट वाट प्रस्तुत भइ सभा वाट पारित भएको थियो ।
प्रमुख निर्वाचन अधिकृत एवं केन्द्रीय सहमहासचिव रामेश्वर कोइराला, निर्वाचन अधिकृत ध्रुवराज नेपाल र निर्वाचन अधिकृत केशव प्रसाद खनालको निर्वाचन समितिद्वारा निर्विरोध सर्व सम्मत निर्वाचित कार्यकारिणि समिति बनेको थियो । जसमा अध्यक्ष अर्जुन प्रसाद सापकोटा, उपाध्यक्ष हयगृव आचार्य, महिला उपाध्यक्ष विन्दा देवि अर्याल, सचिव ऋषिकान्त घिमिरे, कोषाध्यक्ष तुलसी प्रसाद अधिकारी, सहसचिव विनिता खड्का, सहसचिव चन्द्र प्रसाद ढुन्गाना, सहकोषाध्यक्ष केदार प्रसाद पौडेल, सहकोषाध्यक्ष विमला पौडेल पंण्डित र सदस्यहरुमा सपना वाग्ले, संजिता दनुवार, रामचन्द्र दंगाल, शुभनाथ काफ्ले, शिवनाथ अधिकारी, पुण्य लोचन आचार्य, कटक वहादुर थापा, ध्रुव प्रसाद सिम्खडा, राम वस्नेत, नारायण सिल्वाल, राम प्रसाद अधिकारी, शान्ता वाग्ले, प्रकाश न्यौपाने, विनिता काफ्ले, गोविन्द प्रसाद घिमिरे र बाकी १४ सदस्स्य कार्यकारिणी समितिको सिफारिसमा अध्यक्षले मनोनित गर्ने र १३ वटै जिल्ला अध्यक्षज्यूहरू पदेन सदस्य रहने गरि ५१ सदस्यीय समिति बनेको छ ।








