गायक तथा सर्जक कमल दाहालको शब्द तथा स्वरमा नयाँ गीत सुन सुन्तली सार्वजनिक गरिएको छ । गीतमा पूर्ण प्रसाद अधिकारीको शब्द रहेको छ भने गायनमा कमल दाहालसँगै गंगा सोनामको स्वर सुन्न सकिन्छ ।
गीतको संगीत तथा एरेन्ज विष्णु तामाङले गरेका हुन । रेकर्डिङ शंकरा डिजिटल स्टुडियोमा गरिएको हो भने मिक्सिङ कुमार सागर पुनले गरेका छन । यस गीतको म्युजिक भिडियोमा मनीष दाहाल, सरस्वती दुलाल दाहाल, भोला दाहाल, पवि ओझा, ईश्वर केसी र सुनिता बखुन्छे लगायत कलाकारहरूको अभिनय रहेको छ । मेकअप आर्टिस्ट बिमला सापकोटा रहेकी छन् भने लाइट व्यवस्थापन मिलन श्रेष्ठले गरेका छन ।
भिडियोको छायांकन तथा सम्पादन सुनिल कुमार मोक्तानले गरेका हुन । पोस्ट प्रोडक्सन केएमडी मिडिया हाउस, बनेपामा गरिएको छ । भिडियोको निर्देशन स्वयं कमल दाहालले गरेका छन । गीत निर्माणमा सुनिल जिम्बा, शोभा दाहाल, अनिता दाहाल, शर्मिला दाहाल, कोपिला दाहाल, इन्दिरा दाहाल, माधव दाहाल, रामेश्वर दाहाल, पूर्ण प्रसाद अधिकारी, सबिता नेपाल ओझा, दिल्ली दाहाल र गोकुल नेपाललगायतले विशेष सहयोग गरेका छन ।