काभ्रेपलान्चोक – कोरोना भाइरसले यति बेला विश्व नै आक्रान्त बनेको छ । दिन प्रतिदिन कोरोना संक्रमित बढने क्रम जारी छ । प्रत्येक दुई घण्टामा १ मानिसको मृत्यु हुन थालेको अवस्थामा काभ्रेका एक युवाले प्रतिरोधात्मक क्षमता वृद्धि गर्न गुर्जा निशुल्क वितरण गर्दै आउनु भएको छ ।
लकडाउनको समयमा धेरै जसो मानिसहरूलाई फुर्सदै छ । बनेपा नगरपालिका वडा नं. १० का मुक्ति विष्टलाई भने यत्तिखेर भ्याई नभ्याई छ ।बिहान सबेरै उठ्यो, गुर्जो कता पाइन्छ खोज खबर गर्यो र गुर्जो पाइने जङ्गलका बुट्टा बुटामा दौडिनु अचेल उहाँको दैनिकी जस्तै हो ।
मुक्ति विष्टले गुर्जोलाई निःशुल्क बाँड्दै हिँड्नु विष्टको अहिलेको नियमित कामलाई हो । यस्तो अवस्थामा मानिसहरु घर बाहिर निस्कने गरेका छैन्न । आफ्नो ज्यानको प्रभाव नगरी देश लाई सहयोग गर्न उदेश्यले विभिन्न ठाउँमा गुर्जा वितरण गर्दै आउनु भएको छ ।
मुक्ति विष्टले सङ्कलित गुर्जोलाई बाइकमा राखेर दैनिक जसो प्रहरी, सेना र स्वास्थ्यकर्मीहरूको कर्मथलोमा पुग्ने र वितरण गर्न गरेको पाइन्छ ।कोरोना महामारीमा विश्व नै लडिरहेको छ । जनस्वास्थ्यका लागि अग्रपक्तीमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सबैभन्दा बढि जोखिममा छन् । त्यही भएर आफू उहाँहरूको स्वास्थ्यका लागि केही गर्न सकिन्छ कि भनेर अभियानमा लागेको विष्टले बताउनुभयो ।
गुर्जोले मानिसको स्वास्थ्यमा फाइदा गर्ने र मानिसको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले जनस्वास्थ्यमा खट्नेहरूका लागि आफूले निस्वार्थभावले यो काम गरिरहेको’ विष्टले बताउनुभयो । ‘हाम्रा घर आँगनमै धेरै थरी औषधी मूलक वोटविरुवाहरु छन्, यो प्रयोग गर्न सके महामारीको समयमा बच्न सकिने’ विष्टको भनाई छ ।
यसरी आफ्नो स्वास्थ्यको ख्याल नगरीकन दिन प्रतीदिन निरन्तरता गुर्जा वितरण गर्दै आउनु भएको छ । हिजो शनिवार मात्र पनि विष्टको समूहले भक्तपुर स्थित जगाती प्रहरी पोष्टका प्रहरी नायक निरीक्षक किशोर ध्वोज कार्की मार्फत प्रहरीलाई गुर्जो वितरण गर्यो । शनिवार नै प्रहरी चौकी साँगाका इन्चार्ज हरिशरण बस्नेतलाई पनि विष्ट लगायतको समूहले गुर्जो हस्तान्तरण गर्यो । नेपाल प्रहरी महाविद्यालयका डिएसपी श्रीराम भण्डारी र भक्तपुर दुवाकोट प्रहरी पोष्टका इन्चार्ज ऋषिराम पौड्याललाई पनि गुर्जो वितरण गर्नु भएको थियो ।
यसरी दिन रात नभनी देशको सेवामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हरु लाई गुर्जा वितरण गर्दा आफुमा निकै आन्नन्द मिल्ने विष्टले राम्रो सन्देश लाई जानकारी दिए ।








