बिहान भालेको डाक संगै
दुई/चार, आठ/दश हुदै
सय/दुईसयको माझमा रमाऊने म
आज आफ्नै कोठामा सिमित भएछु ।
चियाको घुट्को सक्दा नसक्दै
हतारिने म
बिहान ८ बजे सम्म सुत्ने भएछु
म त एक्लै पो भएछु ।।

साँझ बिहान यसो सब्जी लिन निस्कदा
आफ्नैहरू संग तर्सिने भएछु
एऊटै प्लेटमा सियर गर्नेहरू संग
म त धेरै टाढा भएछु
हेर्नुहोस त साथीहरू
म त एक्लै पो भएछु ।।

छरछिमेकी, ईस्टमित्र र साथीभाईहरू संग
केवल सोसियल मिडियामा सिमित भएछु
सुख, दुख अनि सामाजिक कार्यमा
सहकार्यको आवाज बुलन्द गर्ने म
वास्तवमै आज असामाजिक भएछु
म त एक्लो पो भएछु ।।

दुई चार जनाको जमघट देख्दा
हतारिदै दौडिने म
आज आफ्नै छाया संग तर्सिने भएछु
घरमा घन्टीको आवाज सुन्दा
दौडेर गेटमा पुग्ने म
आज लुकी–लुकी हेर्ने भएछु
नढाटी भनौ म त स्वार्थी पो भएछु
कोरोनाले
म त एक्लै पो भएछु ।।

कोभिड–१९ को महामारी सुन्दा सुन्दै
हतासिएको म
आफ्नै मातृभूमि मिचिएको खबरले स्तब्ध भएछु
नवजात शिशु छोडीजाने ती आमा
अनी दुई भाईलाई सम्झदा म त भाव विह्वल भएछु
त्यसैले आजकाल म
म एक्लो भएछु
साच्चै
म एक्लै भएछु…………
         (घरमै बसौ सुरक्षित बनौ )