आशाले कैदीको जीवन भोगेको पनी आज त छ महिना भइ सकेछ |यस बिचमा उनको मनमा नाना भाति कुराहरुले डेरा जमायो | डर ,त्राश र एक्लोपनले त उनको मनमा महल नै बनाएको छ |कहिलेकाही उनलाई  आफुले गरेका कर्तुतहरुको पश्चातापको पीडाले अशाध्य पोल्छ | कहिले बितेका दिनहरुका रमाईला घटनाहरु सम्झेर उनको दैनिकी बित्छ | उनि आफु र आफु संग सम्बन्धित व्यक्ति {सम्पूर्ण मानब}जातिको प्रतिनिधित्व गर्दै बिगतका कमि कमजोरी र जानी नजानी गरेका कामहरु र घटनाहरु ,कमि कमजोरीहरुका बारेमा क्षमा याचना गर्न चाहन्छिन माफी माग्न चाहन्छिन |उनि यो जेलबाट छुटकारा पाएर भाग्न चाहन्छिन |हिजो जस्तै स्वतन्त्र भएर हिड्दुल गर्न चाहन्छिन |उनलाई यो कारागारबाट मुक्त हुन मन छ|

आज बिहान साढे चार बजेको रहेछ चराहरुको चिरबिर चिरबिर आवाजले उनको निन्द्रा खुल्यो |एकपटक फेरी सुत्ने चेष्टा गरिन तर पटक्कै निन्द्रा आएन उनलाई |उठेर कोठाको बाहिर पट्टिको सानो बरन्डामा पुगिन र मिर्मिरे उज्यालोमा यता उता हेर्न थालिन |हिजो अस्ति यी चराहरु कहा थिए होलान ? कहिले काही जंगल तिर जादामात्र एस्तो चिरबिर ,कूकु कुकू ,काफल पाक्यो, काँ काँ ,जस्ता आवाजहरु बाक्लो सुनिथ्यो |आज त यही पो सुनिन्छ जंगल जादा सुनिने आवाजहरु |  एउटा भगेरा भुर्र उडेर उनकै नजिक आएर बस्यो |कारागारको बरण्डाबाटै भेटिने अम्बाको रुख मा एक जोडी ढुकुर प्रेमालाप गरेर बसी रहेको रहेछन |अस्तिनै उनि अन्गेरी घारी नजिकैको बारीमा जादा देखेको ढुकुर को जोडी त उनलाई देख्ने बितिकै उडेर नजिकैको पटमिराको रुखमा भागेका थिए |आज त अम्बाको हागो हल्लाउदा समेत भाग्दैनन |काग त झन् त्यै हलालाउदै गरेको हागामै आएर बसेर उनि तिरै फर्केर पो काँ काँ पो गर्न थाल्यो |उनले मनमनै सोचिन सजाय भोगी रहेको कैदी सम्झेर हो कि क्या हो यि चराहरुले पनी नटेरेका !! पशुपति मन्दिरका परेवाहरुभंदा पनी अटेरी भएछन यि परेवाहरु त !! अस्तिनै पशुपति मन्दिरमा जादा ,बारीमा जादा जुन खुशी ,जुन आननद र अवस्था थिए यि परेवाका जोडीहरु आज पनि त्यहि आनन्द ,अबस्था र खुशीमा छन् यिनीहरु|यि चराहरुको जीबन सैलीमा उनले केहि फरक देखिनन |उनि फेरी मनमनै सोच्न थालिन ,यि चराहरु यसै गरि जीबन बिताउछन ,जीवन रहे सम्म भर पेट खान्छन ,गुडमा सुत्छन न यिनीहरुलाई केहि साच्नु पर्छ न थुपार्नु नै पर्छ |यिनीहरु रातमा सुत्नु नपर्ने भए ,पानीले नरुझाउने भए,फूल पार्न र बच्चा ओथार्नु नपर्ने भए  गुड पनी बनाउदैन थिए होलान |प्रकृतिको नियम पालन गर्न लाई एउटा गुड बनाउछन तर पनी मानबको राक्ष्याशी प्रबिर्तिका कारण गुड र बच्चाको सम्रछ्न गर्न हम्मे पर्छ यिनलाई|

आशालाई अनयासै खोलाका ति माछाहरु मारेर आहा ! क्या मिठो भन्दै खाएको स्वादको सम्झना आउछ |उनको दाइले जंगलबाट मारेर ल्याएको कालिजको माशु खाएको ,बारीको नजिकैको जंगलबाट समाएर ल्याएका खारयोका जोडीको नी सम्झना आउछ  कठै ! कति डराएका थिए ति जोडी ! तिनको सरिर थर थर कापेको थियो |बिहान बिहानै आफ्नै घरमा पालेका भुत्ला पनी रामरी नआएका  परेवाका बचेराहरु झिकेर चिसो निको हुन्छ भन्दै काटेर खादा ति बचेराहरुका आमा रुदै रुदै उडेको, हाँगा र मुशिमा बसेको याद आउछ |फेरी उनको आफ्नै घरमा पालेको लोकल कुखुराको लालो काटेर खादा तेसको भाले एक्लिएको रन्थनिएको सम्झना ,दशैमा तल्लो गाउमा सुगुर मार्दा {रोप्दा]आएकों चवा  चवा आवाज ,नेवार टोलमा रागा काट्दा बिरेकाकालाई पैशाको माला लगाई एक बोतल रक्शी टक्र्याएको सम्झना आउछ| यि  यस्ता घटनाहरु उनको मनमा एक पछी अर्को गर्दै आई रहेका छन् | झन् बैशाखमा कुल पुजा गर्न भनि दुइ दिन अगाडी ल्याएको सानो कालो बोको माउको दुध खादै थियो रे तेस्ले |त्यो पाठो  त रात भर कराएको थियो | हामी केटा केटि भोलि पुजा गरेर यसको माशु खानु पर्छ भन्दै तेस्को छेउमा जान्थिउ त्यो चै डोरी नै चुडाउला कि जस्तो गरि उफ्रिन्थ्यो | बिचरा अबोध जनवार हरु बोल्न त सक्दैन थिए तर अब मा मर्दै छु भन्ने थाहा पाउथे होलान र त हामि तेसको छेउमा जादा उफ्र्न्थियो भाग्न खोज्थ्यो ,डराउथ्यो तेस्को अमुक भासा हामि बुझ्दैन थियेउ | कति रुन्थ्यो होला कति क्ष्यमा याचना गर्थ्यो होला ,जिबनको भिख माग्थियो होला |

मानब समाजमा यि यस्ता घटना हरु गफ गर्ने ,कुरा छाट्ने, रबाफ देखाउने,सान र इज्यत दिने बिसय बनि महिनौ र बर्षौ सम्म ट्रोलको रुपमा रहन्छन् |ति जनवारहरु को हत्या र सिकार गरि मानब रामाउछ | जनावारहरुको के गल्ति थियो ? यो संसारमा ,प्रीथिबीमा ,यो माटोमा उनीहरुको पनी हामि मानिसहरुको जतिकै अधिकार छैन र?

अम्बाको रुखमा आउने त्यो कागलाई आशाले समाचार पठाएको पनी धेरै पटक भइ सक्यो |उनले कुनै दिन समुन्द्रलाइ ,नदीलाइ ,ताललाई ,झरनालाई ,तेसैमा बस्ने  माछालाई,सार्कलाई ह्वेललाई,  गोहीलाई कछुवालाइ ,सम्पूर्ण जमिनमा र पानीमा बस्ने जीव जनावारलाइ गुहारिन ,पहाडलाई पनी उसको अस्तित्व नै समाप्त पारेको बिसयमा माफी माग्न चाहेको भनि समाचार पठाइन , हिमालको बिस्शाल छातीमा छरेका ति फोहोरका दुन्गुरहरु हटाउछु , हावालाई आफ्नो गुण नै मेटाउने गरि प्रदुषित पनी गर्दिन भनेर समचाए पठाइन | तर कसैले उनको कुरा भनाइ सुन्दैन |उनलाई थाहै छैन उनि कसरि कस्ले कस्तो उजुरी गरेर यो जेलमा परिन ? यहाबाट मुक्त हुन् उनले के गर्नू पर्छ ? हिजो आफुले जनावारहरु मारे झैँ सिकार गरे झैँ मलाइ पनी कसैले सिकार गर्न भनि यहा ल्याएर थुनेको त होइन? कारागारको परिसरमा बस्न आउने तिनै चराहरु संग अमुक भाषामा आफ्ना कुराहरु साटासाट गर्दै आफुले गरेका सम्पूर्ण राम्रा नराम्रा घटनाहरु सम्झेर पश्तापाको आगोमा जल्दै आशाका दिनहरु यो सानो कोठामा सिमित भएका छन् | उनलाई आशा छ एकदिन यो काग उनलाई जिस्काउन छोडेर संदेश बोकी आउनेछ |{प्रकृतिलाइ मानब लागएत सम्पूर्ण जीव जनावारको उत्तिकै आबस्यक छ, अब जाउ तिमि मुक्त भयो तर के कति कारणले कैदी जीबन भोगेको भन्ने कुरा आफै मनन गर र दोहोर्याउने छैनौ } येही सन्देशको असामा उनको दिनहरु बिती रहेका छन् |