
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचार पश्चात आज स्वदेश फर्कँदै हुनुहुन्छ । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका प्रचण्ड दिउँसो ४:०० बजे काठमाडाैं आइपुग्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।
बुधबार बिहान न्यूयोर्कबाट प्रस्थान गरेका प्रचण्ड आज स्वदेश आइपुग्न लाग्नुभएको हो । पत्नी सीताको उपचारका लागि प्रचण्ड ११ दिनअघि अमेरिका जानुभएको थियो ।
पार्किन्सनको बिरामी सीता दाहाल सुगर र उच्च रक्तचापबाट पनि पीडित हुनुहुन्छ । सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार गर्दा पनि निको नभएपछि उहाँलाई अमेरिका लगिएको हो ।







