काभ्रेपलान्चोक – सत्तारुढ दल नेकपा निकट युवा र विद्यार्थीहरुले बनेपा नगरपालिका वडा नम्बर ९ नयाँ बस्तीका दिनदुखी कोठा भाडामा बस्दै आएका ४० मजदुर परिवारहरु लाई सहयोग उपलब्ध गराएका छन् ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रे जिल्ला कमिटीले बनेपा नगरपालिका वडा ९ नयाँ बस्तीमा चामल , तेल , नुन लगायत खाद्यान्न सामान (राहत) वितरण गरेको हो ।

प्रति परिवार १० केजी चामल, १ किरो दाल, नुन १ पाटेक, तेल १ लिटर र साबुन वितरण गरिएको अनेरास्ववियु काभ्रेका पूर्व जिल्ला पूर्व उपाध्यक्ष गोविन्द उप्रेतीले जानकारी दिए । कोरोना भाइरसको महामारीसँगै सरकारले लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गर्नेलाई छाक टार्न समस्या भइरहेको भन्दै अखिलले राहत वितरण गरेको हो ।

अनेरास्ववियु काभ्रे जिल्ला कमिटीले बनेपा नगरपालिकाको अरु वडामा पनि राहत हस्तान्तरण गर्न बताइएको छ ।मजदुरहरु लाई अतिआवश्यक बस्तुहरुको कमि नहोस् र कोरोना भाइरसको संक्रमण रोकथाम गर्नेको लागि नेपाल सरकारले लकडाउन गरेको अवस्थामा मजदुरहरु निकै समस्यमा परेका हुनाले उनिहरु लाई राहत उपलब्ध गराएको अनेरास्ववियु एक जिल्ला सदस्यले बताउनु भयो ।