बनेपा, शनिबार भएको निर्माण व्यवसायी संघ, काभ्रेपलाञ्चोकको १५औँ साधारण सभा तथा ८औँ अधिवेशनबाट अकुर प्रसाद गौतमको अध्यक्षतामा सर्वसम्बत नयाँ नेतृत्व चयन भएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा अमित लामा, प्रथम उपाध्यक्षमा विष्णुहरी जोशी, द्वितीय उपाध्यक्षमा डोमा सिं लामा, महासचिवमा प्रदिप गौतम, नीतिगत उपमहासचिवमा दमै सिं लामा (डि एस), आन्तरिक उपमहासचिवमा कृष्ण लामा, कोषाध्यक्षमा सुरेश लामा, सह–कोपाध्यक्षमा पाल्देन लामा र खुल्ला सदस्यहरुमा नवीन थापा, फेमस घिसिङ, ठाकुर प्रसाद गौतम, सुकलाल तामाङ, विपिन दुलाल, साइला लामा, प्रदिप लामा (तेमाल), गणेश बहादुर कालिदास तथा हिरा कुमार वल र महिला सुल्ला सदस्यमा कृष्ण माया लामा चयन भएका छन ।
निर्माण व्यवसायीहरूको हकहित, पेशागत एकता तथा निर्माण क्षेत्रको विकासका लागि लामो समयदेखि सक्रिय रहँदै आउनुभएका गौतमलाई संघको नयाँ नेतृत्वका रूपमा सर्वसम्मत चयन गरिएको हो । अध्यक्षमा निर्वाचित गौतमले निर्माण व्यवसायीहरूले भोग्दै आएका साझा समस्या समाधान, व्यवसायिक वातावरणको सुधार तथा निर्माण क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन आफ्नो नेतृत्व केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।