पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका–१, मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान पौने ८ बजे ठूलो आवाजसहित विस्फोट भएको हो।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ। विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन्।
बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ। बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन।