काभ्रेपलान्चोक – बनेपा यतिबेला समग्र विश्व नै कोरोना भाइरसको त्रासमा छ। कोरोना भाइरस नियन्त्रणका लागि सबैतिरबाट प्रयास पनि भइरहेको छ। कोरोनाको संक्रमणबाट जोगिन सर्जिकल मास्कको प्रयोग गर्न सुझाव दिइएको छ
विश्व स्वास्थ्य संगठनले नेपाललाई
कोरोना भाईरसको उच्च जोखिमयुक्त देशको सुचिमा राखे सँगै देशै भर सतर्कता अपनाई रहँदा काभ्रे जिल्लामा पनि रोग फैलन नदिन उच्च सतर्कता रहन जिल्ला विपत व्यवस्थापन समिति काभ्रेले निर्णय गरेको छ ।
काभ्रेमा मंगलबार बसेको जिल्ला स्तरीय आकस्मिक बैठकले सभा, सम्मेलन, महोत्सव जस्ता जमघट हुने कार्यक्रमहरु तत्कालका लागि स्थगन गर्न अनुरोधको साथै धेरै भिडभाड जमघट हुने स्थानहरु जस्तै विवाह, व्रतबन्ध, सुर्यदर्शन जस्ता धार्मिक, सास्कृतिक, कृयापकलापमा समेत कम भन्दा कम गर्न अनुरोध गरेको छ । केही गरि यस्ता कार्यक्रममा गए पनि माक्स र चस्मा लगाउन समेत अनुरोध गरेको छ ।
काभ्रेको यो निर्णय पस्चता बजारमा अहिले मास्कको अभाव सिर्जना गरिएको छ। नेपालमा एक जनामा कोरोनाको संक्रमण देखिएको र ती व्यक्ति पनि भाइरसमुक्त भइसकेका छन्। अन्य देशजस्तै नेपाल पनि भाइरसको उच्च जोखिममा छ। तर केही व्यापारीहरुले यसलाई पैसा कमाउने समयका रुपमा लिएका छन्।
दुःख पर्दा सबैले साथ दिनुपर्ने समयमा उल्टो मानिसको जीवनसँग जोडिएको विषयमा व्यापार गर्न खोजिएको छ। मास्कको कृत्रिम अभाव सिर्जना गरेर काभ्रेका अधिकास व्यापारीहरुले अपराध गरिरहेका छन्। केही दिनअघि नियमित रुपमा मास्क पाइने पसलहरुमा मास्क किन्न जाँदा छैन भनियो। तर, उनीहरुले र उनीहरुका आफन्तले भने मास्क लगाइरहेको देखिएको थियो।
यो विषयमा जिज्ञासा राख्दा उनीहरुलाई आफूलाई केही स्टक राखेको मात्र लगाएको भनिरहेका छन्। केही व्यापारीले ग्राहकले धेरैभन्दा धेरै मास्क किनेर घरमा लगेर राखेका कारण पनि अभाव भएको बताएका छन्।








