एम्नेष्टी इन्टरनेसनल नेपाल समूह ७२ पनौतिको ३०ओै बार्षिकि साधरण सभा २०८३ असार १३ गते सम्पन्न गरेको छ, समूह ७२ का संयोजक अधिवक्ता जमुना पसछेको सभापतित्वमा, केन्द्रीय सदस्य एलिशा महतको प्रमुख आतिथ्यतामा, विशेष अतितिहरुमा पनौति वडा जं ७ का वडा अध्यक्ष सविन ताम्राकार, अतिथिगणहरु समूह ७२ का निबर्तमान संयोजक राजेश कुमार श्रेष्ठ,संस्थापक संयोज बिजय कर्माचार्य, पुण्य मा।बिका प्र।अ प्रताप ताम्रामार हरुले मानबअधिकार आजको आबस्यक्ता सहितको मन्तब्य दिनुभएको थियो। भने सल्लाहकार समिति ,पुर्बसंयोजकहरु,समाजसेवी ,बुद्धिजीवीहरु,समूह ७२ का कार्य समितिहरु र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।
समूह ७२ का सह(संयोजक सुदर्शन सुवेदिले स्वागत मन्तब्य ,सचिब हरिचन्द्र श्रेष्ठले कार्यक्रम संचालन र बार्षिक गतिबिधि प्रस्तुत गर्नुभएको थियो,सह(सचिब शन्तोष हुमागाई,सदस्यहरु अधिवक्ता तारा श्रेष्ठ,प्रताप ताम्रकार,बिष्णु खिमबन्जार,उर्मिला श्रेष्ठहरुले अतिथिगणहरु तथा उपस्थिति सदस्यहरुलाई ब्यबस्थापन तथा स्वागत गर्नु भएको थियो भने कोषाध्यक्ष राम कुमार बस्नेतले कार्यसमितिको बार्षिक आम्दानि खर्चको बिवरण प्रसतुत गरेका थिए बिबरण अनुसार रु १ लाख ३३हजार ३ सय १३ र खर्च रु २५ हजार ४ सय ८६ को आम्दानी खर्च बिबरण उपस्थित भेलालाई जानकारि गराई भेलाले सर्बसम्मत पास गरिएको थियो जस मध्य मौजाद रकम आवाधि रु १ लाख,शेयर रु १ हजार समूह ७२ को आवाधि खातामा रहेको जानकारि दिनु भयो। समूह ७२ का संयोजक अधिवक्ता जमुना पसछेले बार्षिक गतिबिधि र बर्तमान मानबअधिकारको बारेमा प्रस्तुत सहित उपस्थित सम्पुर्णमा धन्यबाद दिई कार्यक्रमको समापन गर्नु भएको थियो। एम्नेष्टी समूह ७२ ले संचालन गरेको मानव अधिकार शिक्षामा सहभागी बिध्यालयका छात्र छात्राहरु र बिध्यालयहरुलाई समेत कदर पत्र र मेडलले सम्मान प्रदान गरिएको थियो। जसमध्ये पुण्य मा।बि,भालाचन्द्र मा।बि र शान्ति निकेतन मा।बिका बिधार्थि भाइ बहिनीहरुलई उत्कृष्ट सम्मान पत्र र मेडलले सोहि कार्यक्रममा सम्मान गरिएको समितिका कोषाध्यक्ष्य राम कुमार बस्नेतले जानकारि दिए ।