बनेपा, काभ्रे जिल्लाको औद्योगिक व्यापार, परम्परागत कला संस्कृति, कृषि, घरेलु, पर्यटन प्रवद्र्धनको निमित्त आयोजित
काभ्रे जिल्ला स्तरीय जनचेतना मुलक धार्मिक कला प्रदर्शनी तथा बनेपा सांस्कृतिक महोत्सव–२०८३ को शुक्रबार उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादे श्रेष्ठले उद्धाटन गरेका छन ।
सुमांगल शान्तिनगर टोल विकास संस्था, बनेपा नगरपालिका–८, काभ्रेको आयोजनामा २०८३ जेठ १५ शुक्रबारदेखि २५ गतेसम्म इलाका प्रहरी कार्यालय अगाडि (सुमांगल शान्तिनगर टोल) मा शूरु भएको महोत्सवको उद्घाटन गर्दै मन्त्री बादेले मेला महोत्सव उत्पादनको प्रोत्साहन र संस्कृतिको सम्वर्दनमा महत्व पूर्ण हुने बताए । आयोजक संस्थाका अध्यक्ष दिलिप प्रधानको अध्यक्षता र सनम सुवालको सञ्चालमा भएको कार्यक्रममा बनेपा–८, का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरलगायतले महोत्सवका बारे बोलेका थिए ।
इलाका प्रहरी कार्यालय अगाडि (सुमांगल शान्तिनगर टोल) मां, भईरहेको महोत्सवमा १०० भन्दा बढी स्टलहरु दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कषि तथा हस्तकलाका सामग्रीहरु, कृषि औजारका सामग्रीहरुको प्रदर्शनी, सांस्कृक्तिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टल रहेका छन । महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्व, मिकी माउस, टेम्पालिङ, स्करपियो आदि रहने व्यवस्थापन संस्थाका संगम लामाले जानकारी दिए । साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहने उनले जनाए ।