भक्तपुर, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियन नेपाल (नेशनल प्याब्सन) भक्तपुर संजय खड्काले हाँक्ने भएका छन ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय (नेशनल प्याब्सन) भक्तपुरको पाँचौ जिल्ला अधिवेशनले खड्कालाई अध्यक्षको जिम्मेवारी सुम्पेको हो । नवनिर्वाचित अध्यक्ष संजय खड्का शिक्षा क्षेत्रमा लामो योगदान पु¥याउन सफल सकारात्मक सोचका धनी, अत्यन्त सरल व्यक्तित्व हुन् । शनिबार सिन्धुलीको मूलकोटमा नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले मदरल्याण्ड स्कुलका प्रिन्सिपल खड्काको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा पारागन एकेडेमीका पुण्यराम कवां, इमेज स्कुलका शिव कृष्ण कवां, सचिवमा ईडेन गार्डेन स्कुलका जय प्रकाश राई, कोषाध्यक्षमा प्रसादी पाठसालाका दिनेश शाक्य, सह सचिवमा विमल मेमोरियलका कुमार थापा, सह कोषाध्यक्षमा रत्न शिक्षा स्कुलका गीता खड्का रहेका छन् ।
त्यस्तै सदस्यहरुमा पारीजात स्कुलका विक्रम थापा, युनिटी स्कुलका विपिन गुमान्जु, स्टुडेन्ट एकेडेमीका सुमन शिल्पकार, हिमशिखर स्कुलकी प्रतिमा माक चुनिएका छन् ।
नवनिर्वाचित अध्यक्ष खड्काले निर्वाचित भएपछि आफूले निजी विद्यालयहरुमा अझै गुणस्तरीय शिक्षाको लागि पहल गर्ने बताए । उनले आफूलाई अध्यक्ष पदमा निर्वाचित गराउन विशेष भूमिका निर्वाह गर्नु हुने पुण्यराम कवाँ तथा सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिदै निवर्तमान अध्यक्ष जी बी खड्काको सुझाव एवं सल्लाह लिँदै नेशनल प्याव्सन संस्थालाई अगाडि बढाउने प्रतिवद्वता समेत व्यक्त गरे ।
संस्थाका अध्यक्ष जि बि खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा तत्कालीन अध्यक्ष जीबी खड्काको नेतृत्वमा संस्थाको भवन निर्माणका लागि किनिएको जग्गामा सहयोग गर्ने विद्यालयलाई सम्मान पत्र प्रदान गरिएको थियो । साथै उक्त जग्गा खरिद गर्न अतुलनीय भूमिका निर्वाह गरी जिम्मेवारी पुरा गर्ने संस्थाका पुण्यराम कवां, दिनेश शाक्य र मुकेश योन्जनलाई कदर पत्र प्रदान गरिएको थियो । –नव क्षितिज साप्ताहिकबाट