रक्तदान, जीवन दान भन्दै मिजार समाज नेपाल काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले शनिबार बनेपा बसपार्कमा रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी काभ्रे उप–शाखाको प्राविधिक सहयोगमा तपाईको एक थोपा रगत, कसैको नयाँ जीवन भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेको आयोजक घिरज तोलाङ्गेले जानकरी दिए ।









