बनेपा, शनिबारबाट आमाको अचारको विक्री कक्ष बनेपा नालादोवाटोमा शुरु भएको छ । आमाको अचारका संस्थापक संगिता पाण्डेले शनिबार उक्त शो रुमको उद्घाटन गरेकी हुन ।
बनेपाका प्रकाश कायश्थका छोरा प्रफुल्ल कायश्थ र बुहारी रिया कायश्थले शुरु गरेको आमाको अचारको विक्री कक्षमा बिभिन्न परिकारका अचारहरु सर्वसुलभ मुल्यमा पाईने छ । बिदेशबाट फर्केर यो व्यवसाय शुरु गरेका प्रफुल्ल र रियाले स्वदेशमा नै केहि गर्ने योजना अनुसार ब्यवसाय शुरु गरेको बताए ।
आमाको अचारका संस्थापक संगीता पाण्डेले केहि वर्षअघि उनका श्रीमान तुलसीरामका साथमा सुरू गरेको यो व्यवसायमा अहिले पाण्डे परिवार नै जमेर लागिपरेको छ । सुरूमा उनीहरूले घरनजिकै एक रोपनी जग्गा भाडामा लिएर सानो कारखाना बनाएका थिए । पाँच वर्षअघि दुई रोपनी जग्गा किनेर ठूलो कारखाना बनाएका हुन् । हाल आमाको अचारमा ८० जना भन्दा बढी कर्मचारी नियमित रूपमा काम गर्छन् । बजारमा पाइने अचार ब्रान्डहरूमध्ये आमाको अचार लोकप्रिय छ । यसको कारखाना चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा छ । यहीँबाट ३५ भन्दा बढी स्वादका अचार बन्छन र ४० वटा देशमा पुग्छन ।
विक्री कक्ष उद्घाटन कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, नेपाल सुन चाँदी ब्यवसायी संघका उपाध्यक्ष दियेशरत्न शाक्य, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्यलगायत यातायात ब्यवसायीहरु, उद्योगी ब्यवसायीहरु, जनप्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहेको थियो ।