प्रिमियर बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–७ को १४ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष पुर्णलाल रंजितकारको अध्यक्षता र संस्थाका जेष्ठ सदस्य झलक प्रसाद कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
शनिबार भएको सभामा संस्थाका संचालक तथा लेखा समितिका पदाधकारी एवं सदस्यहरु, सल्लाहकारहरु लगायत विभिन्न उप–सिमितका संयोजक एवं सदस्यज्युहरु र शेयर सदस्यहरुको उपस्थितिमा भैरवकुण्ड पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
उक्त साधारण सभामा संचालक समितिका तर्फबाट मन्तव्य सहितको प्रतिवेदन–२०८२ संस्थाका अध्यक्ष पुर्णलाल रंजितकारले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष श्याम थापाले गर्नुभएको कार्यक्रममा संस्थाको वार्षिक प्रगित प्रतिवेदन संस्थाका सचिव राजन सापकोटाले प्रस्तुत गर्नु भएको थियो । आर्थिक प्रतिवेदन र अनुमानित बजेट संस्थाका कोषाध्यक्ष सुनिल चौलागाईले र लेखा समितिको प्रतिवेदन लेखा संयोजक डम्बर बहादुर लम्सालले गर्नु भएको कार्यक्रमको संचालन सचिव राजन सापकोटाले गर्नु भएको थियो ।
सुरक्षित भविष्यको सुरुवात भन्ने मुल नारा सहित स्थापित संस्थाले स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । २०८१/०१/०५ मा भक्तेश्वर बहुउद्देशिय सहकारी संस्था लि र मिति २०८१/०९/२७ गते आयाम साकोस र आरभ बहुउद्देशिय सहकारी बिच एकिकरण भई बनेको प्रिमियर बचत तथा ऋण सहकारी संस्था लि ले आ.व २०८१/०८२ अषाढ मसान्तसम्ममा शेयर सदस्य संख्या ७५०२ जना, शेयर पुजि रू ४,१८,३५,६००/– बचत निक्षेप रू ३४,६४,८०,४२०÷–जगेडा तथा अन्य कोषहरुमा रू २,८७,६८,०६२÷– सदस्यहरुमा कर्जा लगानिमा रहेको रकम रू ३२,४०,३८,८०१/–रहेको छ भने संस्थाको कुल वासलात रू ४४,५०,४०,७५४/– र नाफा रू ३२,११,८५५/–रहेको छ । संस्थाले कुल शेयर लगानिको ४.५% नगद लाभांश प्रदान गर्न सफल भएको र विभिन्न सामाजिक गतिविधिहरुमा संस्थाले वार्षिक कार्ययोजना सहित अगाडि बढेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष दाहालले जानकारी दिनुभयो । संथाको रिक्त रहेको लेखा सदस्य पदमा बद्रि प्रसाद पराजुली निर्वाचित हुनुभएको थियो ।