धुलिखेल, अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लिको नवौ वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दिपक प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा धुलिखेल–४, का वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिना, प्रोस्कुनका महासचिव गोविन्द काफ्ले, जिल्ला बचत सघंका बरिष्ठ उपाध्यक्ष सागर कपाली, पुर्व वडा अध्यक्ष रविन्द्र कर्मचार्य, संस्थाका सल्लाहकार हरिकृष्ण तिमल्सिना, सञ्चारकर्मीहरु नवराज बजगाई, लक्ष्मण तिमल्सिनालगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
उपाध्यक्ष कमलबहादुर रायले स्वागत मन्तब्य र सचिव जयराम कुईकेलको सञ्चालनमा भएको कार्यक्रममा सचिव जयराम कुईकेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष जनक तिमल्सिनाले आर्थिक प्रतिबेदन र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदनको संयोजक विष्णुप्रसाद शर्माले सभामा प्रस्तुत गरेका थिए ।
साधारणसभाबाट कमलबहादुर रायको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । जसको उपाध्यक्षमा जनक तिमल्सिना, सचिवमा जयराम कुईकेल, कोषाध्यक्षमा भरतबहादुर केसी तथा सदस्यहरुमा राजाराम पराजुली, शिब प्रसाद पौड्याल, सुमित्रा तिमल्सिना र सावित्री बजगाई निर्वाचित भएका छन । लेखा सुपरिबेक्षण समितिको संयोजक विष्णुप्रसाद शर्मा तथा सदस्यहरुमा विजुलीमाया श्रेष्ठ र राजेन्द्र तिमल्सिना चयन भएका छन ।







