काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा २०८२ साउन १८ गते “पानी” विषयमा केन्द्रित भई टुक्का कविता लेख्दै श्रृङ्खला १७९ सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानबाट ६८ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले गर्नु भएकाे थियाे ।

टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रम सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले कार्यक्रममा सहभागी भएर “पानी” विषयमा केन्द्रित भई टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू

१)_[ टुक्का कविता ]_

जरुर चाहिन्छ पानी
बचाउन जिन्दगानी ।
✍️ ताराप्रसाद चापागाईँ

२)_[ टुक्का कविताहरू ]_
१.
संसारमा यदि हुन्न भने पानी
न रहन्छ प्रकृति न जिन्दगानी ।
२.
न धेरै न थोरै हुनुपर्छ ठिक्क
नत्र सहन्न तन पानी फिटिक्क ।
✍️ वसन्त अनुभव
घोराही, दाङ

३)_[ टुक्का कविताहरू ]_
१.
पानी जीवनको त्राण पानी हो दिव्य ओखती
पानीका मूल साँचेर सफा पारौँ भए जति ।
२.
पानीले नै बलेको छ हाम्रो जीवनको दियो
विना पानी न उम्रिन्छन् न गाडिन्छन् कतै मियो ।
✍️ रामशरण न्यौपाने
भक्तपुर

४)_[ टुक्का कविताहरू ]_
१.
ज्यानमा रगतभन्दा धेरै हुने पानी
पिउनु पर्छ अधिक, यही कुरा जानी ।
२.
पानी हाम्रो प्राण अनि, यही हो स्वास्थ्यका लागि धन
खेर नफ्याली प्रयोग गरौँ, लगाएर आफ्नो मन ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाडौँ

५)_[ टुक्का कविताहरू ]_
१.
वन जङ्गल नमासौँ नदीको मुहान हामी जोगाउ
पानी अमूल्य धन हो प्रदूषण विरुद्ध अघि आउ ।
२.
जगत् निमार्ण र निरन्तरताको निम्ति पानी जीवनको सार
जोगाउ प्रकृतिलाई गरौँ सबैले सौर मण्डलको उद्धार ।
✍️ हन्नाह छेत्री
दार्जिलिङ

६)_[ टुक्का कविताहरू ]_
१.
पानी नै हो पञ्चतत्वमा एक
यस मै जीवन बाँच्छन् अनेक ।
२.
सागर देखि हिमालसम्म
पानी कै चक्र चल्छ अचम्म ।
✍️ होमप्रसाद नेउपाने
धरान, सुनसरी ।

७)_[ टुक्का कविताहरू ]_
१.
यदि रहँदैन संसारमा त पानी
रहन्न केही नत बन्छ जिन्दगानी ।
२.
घाम भए पानीको आवश्यक धेर
धेरै पानी भएमा बगाउँछ हेर ।
✍️ वेदु न्यौपाने

८)_[ टुक्का कविता ]_

पानीले निकाल्ने शरीरका विकार
पानी संरक्षणमा पुर्याउ विचार ।
✍️ कार्की डिबी माकुम
सुनवल-४

९)_[ टुक्का कविताहरू ]_
१.
मनमा पिरै पिर सुनाउनु कसलाई कहानी
भाेक प्यास मेटाउन त पिउनु छ केवल पानी ।
२.
स्वास्थ शरीर बनाउँनु त बिहान खाली पेटमा खानु पानी
आवश्यक्ता भन्दा कम वा बढी खाए मृगौलालाई गर्छ हानी ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।

१०)_[ टुक्का कविता ]_

हो रे जीवन यो कतै जल कतै आगो र हावा पनि,
हो आकाश कतै नियाल त यसो भेटिन्छ पृथ्वी अनि ।
✍️ दीपा गुरुङ समभाव
दुबेकोल खोटाङ

११)_[ टुक्का कविताहरू ]_
१.
पानी सबैका लागि आँखाको नानी
भएमा प्राण नभए ज्यान जानी ।
२.
आवश्यक सजिवलाई आधार जिउनु
खाना मात्रै नभएर सँगै पर्छ पिउनु ।
✍️ जमुना आचार्य

१२)_[ टुक्का कविताहरू ]_
१.
पञ्च तत्त्वमा छ छुट्टै महत्त्व पानी
बिना जल चल्दैन हाम्रो जिन्दगानी ।
२.
स्वस्थ बन्छ यो जीवन प्रशस्त पानी पिए
निरोग बन्छ ज्यान शुद्धतामा ध्यान दिए ।
✍️ इन्दु श्रेष्ठ
चितवन

१३)_[ टुक्का कविता ]_
बल्ल मात्रै पानी झरीको मौसम आयो
गरिब किसानको मन हर्षले छायो ।
✍️ भगवती दवाडी
दमक, झापा

१४)_[ टुक्का कविताहरू ]_
१.
मानिसलाई चाहिन्छ पानी
धेरै भए पुर्याउँछ हानी ।
२.
किसानलाई पानीले खुसी पार्छ
अन्नबालीले सबैको भोक टार्छ ।
✍️ सराेजा बान्तवा पीयूष

१५)_[ टुक्का कविता ]_

पानी आवश्यक तत्व बाँच्नको लागि नफालौँ खेर
जीवन जगतलाई कति महत्त्वपूर्ण छ धेर ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ

१६)_[ टुक्का कविताहरू ]_
१.
गर्मी हटाइ जरालाई सिञ्चित गर्छ
जीवनको सार पानीमा नै भर पर्छ ।
२.
प्राणीको मन मस्तिष्क तिर्खाले नै कराउँछ
पानीको स्पर्श नपुगे हरियाली हराउँछ ।
✍️ अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹

१७)_[ टुक्का कविता ]_

जसले पिउँछ प्रशस्त पानी
उसकै स्वच्छ सौम्य जिन्दगानी ।
✍️ प्रेम थापा “मन”
बागलुङ

१८)_[ टुक्का कविताहरू ]_
१.
बादल फुटेर बर्सन्छ सानी
भेटिन्छ जहाँ, त्यही जिन्दगानी ।
२.
दृष्टिमा पर्छ छरिएको पानी
कल्पनामा बग्छ मनको रानी ।
✍️ शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ

१९)_[ टुक्का कविताहरू ]_
१.
जीवनकाे महत्त्वपूर्ण हाे अङ्ग पानी
समयलाई खेर नफालाैँ जानीजानी ।
२.
धेरै छ जीवनमा पानीको महत्त्व
बुझ्नुपर्छ हामीले त्यसकाे गुणत्व ।
✍️ नाम केसर बाेहरा ( आदर्श )
सुदूरपश्चिम अछाम
हाल भारतबाट ।

२०)_[ टुक्का कविता ]_

सुन्दरताले भरिपूर्ण आफ्नै नेपाल मनपर्छ
रङ्गीचङ्गी फूलहरूले सुगन्धित सुवास छर्छ ।
✍️ साहित्य प्रेमी सुशील
धनगढी

२१)_[ टुक्का कविताहरू ]_
१.
प्राणीलाई बचाउॅंने मुख्य आधार हो पानी
खेर जान नदिऔँ कसैले जानी या नजानी ।
२.
जथाभावी जङ्गल मास्दा सुक्छ पानीको मुहान
मानिसले पुर्याउनु पर्छ यस्ता कुरामा ध्यान ।
✍️ अर्जुन प्रसाद चौलागाई
हाल: अमेरिका, बोस्टन।

२२)_[ टुक्का कविताहरू ]_
१.
किसानलाई भने हुँदैथ्यो हानी
बल्लतल्ल पर्यो मधेसमा पानी ।
२.
पानी नपरे सबै प्राणी जगत रुन्छ
पानी परे चारैतिर हरियाली हुन्छ ।
✍️ दीप गोले तामाङ
रौतहट

२३)_[ टुक्का कविताहरू ]_
१.
प्रदूषण धमिलो ब्याक्टेरिया हुनसक्छ पानी
निर्मलिकरण र उमालेर खाने गरौँ बानी ।
२.
संसारभरी धनि गरिब सबैलाई चाहिन्छ यो पानी
धमिलो छ भनेर नफाल्नुहोस् बिरुवालाई हुन्छ नानी ।
✍️ चुडामणी देबकोटा
सिन्धुली मरिणखोला जखनी
हाल : थानेटार पुरानोनैकाप काठमाडौँ

२४)_[ टुक्का कविताहरू ]_
१.
पानी नपरेर पुकार त थियो जानी नजानी
आयो फेरी किसानहरूलाई रुवाउने पानी ।

जहाँ जहाँ ड्याम बनिएको छ पानी
त्याहाँ शान्तिनै छैन हुँदैछ छ हानी ।
✍️ बिबा तामाङ
दार्जिलिङ

२५)_[ टुक्का कविताहरू ]_
✍️ प्रमाेद नेपाल
१.
हाे पानी मित्रु कहिले हुन्छ शत्रु
पानी नभए जीवन बन्छ पत्रु ।
२.
कलियुगमा अमृत हिँड एक छ मानी
जाे चाहिन्छ सजीवलाई हाे त्याे शुद्ध पानी ।
~ वीरगञ्ज
हाल: काठमाडौँ – ५ ।

२६)_[ टुक्का कविताहरू ]_
१.
रङ्ग र स्वाद विहीन छ पानी
खेर नफालाैँ जानी या नजानी ।
२.
पानी हाे जीवित प्राणीकाे जीवनकाे आधार
कमी भए शरिरमा ल्याउँछ अनेकाैँ मार ।
✍️ काेपिला अधिकारी
गाेरखा

२७)_[ टुक्का कविता ]_

पानी जीवन हो सम्पत्ति पनि हो औषधि हो रोगमा
संरक्षण गरौँ र ध्यान दिउॅ है सधैँ उपयोगमा ।
✍️ हरिप्रसाद तिमल्सिना
त्रिपुरा सुन्दरी -४, धादिङ

२८)_[ टुक्का कविताहरू ]_
१.
जीवजन्तु वनस्पतिको जिउने आधार हो पानी
फाल्नु हुन्न खेर त्यसै कहिल्यै हामीले जानाजानी ।
२.
सिँचाइले हरियाली दिन्छ बढ्छ खेतको बाली
बगाउँदछौँ भने श्रम रहँदैन धर्ती खाली ।
✍️ सतीश पण्डित
भानु ६ चुँदी तनहुँ
हाल चनपा ६ मातातीर्थ ।

२९)_[ टुक्का कविता ]_

पानी बिना शरीरमा रगत बग्दैन
पानी बिना जीवन रत्तीभर तग्दैन ।
✍️ रमेश दियाली
शेल्पू सिटोंग दार्जिलिङ

३०)_[ टुक्का कविता ]_

स्वस्थ र सफा पानी पिउनु
निरोगी भै जीवन जिउनु ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा

३१)_[ टुक्का कविताहरू ]_
१.
पिएर पानी जीवन स्वस्थ बनाऔँ
मुहान सफा गर्न सबैजना जाऔँ ।
२.
सफा पानी पिए स्वस्थ हुन्छ जीवन
खराब छ भनि नहोस् दोधारे मन ।
✍️ कोपिला समीक्षा
खार्पा, खोटाङ

३२)_[ टुक्का कविताहरू ]_
१.
पानी हो जिवनको एक अभिन्न अंङ्ग
विना पानी सबैको प्राण नै छ झसङ्ग !
२.
प्राण रक्षार्थ पानी सधै हामी लाई चाहिने
रक्षा गरौ पानीका श्रोत जति सबै पाइने ।
✍️ पदमराज न्याैपाने

३३)_[ टुक्का कविताहरू ]_
१.
पिउन र पकाउन प्रयोग आउने पानी
यो नभैकन कसरी सम्भव छ जिन्दगानी ।
२.
यही पानी जिन्दगी हो यही पानी ज्यानमारा
पानीले नै चलाउॅछ कारखानाहरू सारा ।
✍️ घनश्याम पौडेल
पोखरा

३४)_[ टुक्का कविता ]_

बेसी नै भयो यहाँ हेर यो पानी
नपढे कसरी बन्ने ज्ञानी नानी ।
✍️ निमा छिरिङ भोटिया
जलढका कालेबुङ

३५)_[ टुक्का कविताहरू ]_
१.
हावा र पानी अतिसैय राम्राे
स्वच्छ जीवन हुनिरेछ हाम्राे ।
२.
कुवा पनेरा जब त्याे खनाउ
पियर पानी जीवन बनाउ ।
✍️ शालिक राम दाहाल
चा न पा ३, झाैखेल
भक्तपुर

३६)_[ टुक्का कविताहरू ]_
१.
कहाँ सम्भव छ र पानी बिनाको जीवन
जोगाउँनु पर्छ वनजङ्गल नै हो धन ।
२.
जलस्रोतको धनी देश मेरो
पानी कै छ अभाव सेरोफेरो ।
✍️ भुपेन्द्र राना मगर
धादिङ

३७)_[ टुक्का कविताहरू ]_
१.
पानीमा हेरेर आफ्नो अनुहार
मुस्कुराई रहन्छु म बार बार ।
२.
जमिनबाट निस्कन्छ र आकाशबाट झर्छ
पानीको कहानी मलाई असाध्यै मन पर्छ ।
✍️ पुष्पा सुवेदी
नेपालगन्ज, बॅाके ।

३८)_[ टुक्का कविता ]_

सम्पूर्ण प्राणीको प्राण धान्ने पानी
मुहानको संरक्षण गर नानी ।
✍️ विष्णु पंगेनी (पाण्डे )
वालिङ् -स्याङ्जा

३९)_[ टुक्का कविता ]_

थोपा थोपा अमृत सरी, जीवन दाता पानी
नफालौँ है खेर हेर, यसको महत्व जानी ।
✍️ रबिता महर्जन
खोकना, ललितपुर

४०)_[ टुक्का कविताहरू ]_
१.
स्वस्थ्य शरीरमा चाहिने महत्त्वपूर्ण अनिवार्य पानी
यसैले गर्छ फोहर भए हानिकारक जानी नजानि ।
२.
हरपल जिन्दगीमा चाहिने महत्त्वपूर्ण साथी
अरू कुनै हुन सक्दैन जीवनमा यो भन्दा माथी ।
✍️ सबिता खड्का
कैलाली

४१)_[ टुक्का कविताहरू ]_
१.
बर्खायामको त पानी झरी
जताततै जलथल भरी ।
२.
पानीको महत्व बुझ सबैले
यसको खेल देख्दैन कसैले ।
✍️ रमा गुरुङ्ग
सालुगडा सिलीगुडी

४२)_[ टुक्का कविता ]_

तिम्रो स्तर बडेमा प्रकृति हुन्छ तहसनहस
जीवन रूपी जल हौ तिमी नभए के को बहस ?।
✍️ बिकी सुब्बा
गैरीबास/ कालेबुङ्ग

४३)_[ टुक्का कविताहरू ]_
१.
पानी छैन छैन जिन्दगानी
खेर नफालौं जानी नजानी ।
२.
पाँच तत्वको देह यो जानी
अमृत सरि हो जान पानी ।
✍️ दिलीप कुमार शर्मा कट्टेल
भद्रपुर (झापा)

४४)_[ टुक्का कविताहरू ]_
१.
शरीरलाई स्वच्छ राख्न पानीको छ ठूलो महत्व
यो धर्ती एवं हाम्रो शरीरमा यसैको छ घनत्व ।
२.
पानीको गुणगान लौ! जति गाय “नि कम हुन्छ
जसले समस्त प्राणी, जीव-जगतलाई छुन्छ ।
✍️ परिक्रमा श्रेष्ठ
धरान- १५, सुनसरी ।

४५)_[ टुक्का कविताहरू ]_
१.
पञ्चतत्व मध्ये पनि पानी हुन्छ खास आधार
पानी बिना जीव विज्ञान सधैँ हुन्छ निराधार ।
२.
सधैँ स्वास्थ रहिरहन खानु पर्छ धेरै पानी
सबै अङ्ग सबल राख्न पानी खाने गरौँ बानी ।
✍️ नारायण लम्साल

४६)_[ टुक्का कविताहरू ]_
१.
जीवलाई प्रकृतिको अनुपम उपहार हो पानी
दुरुपयोग नगर्नु कहिल्यै आफैलाई हुन्छ हानि ।
२.
मरुभूमिकरण हुन्छ सदैव पानी विनाको धरा
पानी नहुँदा कष्ट पाइरहेका असंख्य कठैबरा ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे

४७)_[ टुक्का कविताहरू ]_
१.
न रङ्ग न सुगन्ध तर प्राण आधार पानी
जीवन बचाउँछ यो सबैको कर्तव्य ठानी ।
२.
रूप सुगन्ध नभए पनि तर महत्व बुझ्न पर्छ
पानी नभए पानी नरहे प्रकृतिको विनास गर्छ ।
✍️ दिपा भण्डारी
काठमाडौँ

४८)_[ टुक्का कविता ]_

जीवनको सबभन्दा अपरिहार्य हो पानी
यसैमा नै अडेको छ है हाम्रो याे जिन्दगानी ।
✍️ दुर्गा भट्टराई
माेरङ

४९)_[ टुक्का कविताहरू ]_
१.
प्रकृतिबाट पाएको बहुमूल्य धन
पानी जोगाएर चलाउनु सबै जन ।
२.
जलवायु परिवर्तनको कारण कतै कम्ति कतै बेसी पर्दैछ पानी
भविष्यमा संसारको वातावरणमा यसले पुराउँछ व्यापक हानी ।
✍️ देव स्याङ्देन
कालेबुङ ।

५०)_[ टुक्का कविताहरू ]_
१.
रंङ्ग ,स्वाद ,गन्ध छैन महिमा अपार
पानी नै हो मान्छेको जीवनको आधार ।
२.
सबै जीवित प्राणीको लागि चाहिने पानी
खेर फाले जीवनमा हुन्छ हाम्रो है हानी ।
✍️ रुना कर्माचार्य दाहाल
चितवन

५१)_[ टुक्का कविता ]_

पानी नै हो चराचर जगत्को अमूल्य निधि
सिकौँ सबैले यसको संरक्षण गर्ने विधि l
✍️ बाबुराम गौतम
गुल्मी

५२)_[ टुक्का कविताहरू ]_
१.
जीवजगत् सबैकाे प्राण रक्षा गर्ने तत्त्व
जल आवश्यक जीवकाे प्राण धान्ने सत्त्व ।
२.
सनातन धर्ममा वेद अकाट्य ज्ञान
पानीबिना प्राणीजगत्काे रहन्न ज्यान ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

५३)_[ टुक्का कविताहरू ]_
१.
पानी परे पछिको शितल मन
हुन्छ कि हराभरा हाम्रो जीवन ।
२.
आहा कति रमाइलो भन
हरियो पाखा जङ्गल बन ।
✍️ सुमित्रा पोखरेल
काठमाडौँ

५४)_[ टुक्का कविताहरू ]_
१.
संसारमा सबै भन्दा ठुलो कुरा पानी
पानी बिना चल्दैन है हाम्रो जिन्दगानी ।

निरोगी र स्वस्थ बन्न प्यून पर्छ पानी
उमालेर सफा पानी प्युठे गरौँ बानी ।
✍️ विवश पारदर्शी
झापा

५५)_[ टुक्का कविताहरू ]_
१.
तिर्खा मेट्नु है पिएर पानी
राम्रो बनाउनु आफ्नो बानी ।
२.
बर्खाको मौसम पानी पर्यो
धेरै जगामा असिना झर्यो ।
✍️ बिधुत गुरूङ
गोरुबथान

५६)_[ टुक्का कविताहरू ]_
१.
पानी जनजीवनमा आवश्यक छ अति
बिना पानी प्राणी र बोट रहला पो कति ?।

पानीको मूल जोगाउनु पर्छ
किसानको खेतीमा कष्ट टर्छ ।
✍️ रश्मि रिमाल

५७)_[ टुक्का कविताहरू ]_
१.
स्वच्छ पानी स्वस्थ जिन्दगानी
फोहोर पानी रोगको खानी ।
२.
मुहान राखौँ स्वच्छ सफा पिउने पानीको
मितव्ययी निर्माण गरौँ असल बानीको ।
✍️ राज बहादुर बडुवाल
कनकासुन्दरी-५,जुम्ला

५८)_[ टुक्का कविता ]_

न त रङ्ग न त स्वाद न त कुनै आकार
यही पानीले पार्छ हाम्रो जीवन साकार।
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ

५९)_[ टुक्का कविताहरू ]_
१.
पानी हो जीवन बचाउनु पर्छ यसलाई आज
भरपुर पानी भए गर्न सकिन्छ सबैमा राज ।
२.
सावनको महिना ओढ्यो आहा !धर्तीले हरियो बर्को
पारी त्यो डाँडाबाट आयो हेर कालो बादलको लर्को ।
✍️ सुशीला शिखा
काठमाडौँ, कागेश्वरी

६०)_[ टुक्का कविता ]_

आवश्यकता बनेको छ हाम्रो लागि पानी
खेर फाल्न छोडौँ बसालौँ आजै राम्रो बानी ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत

६१)_[ टुक्का कविताहरू ]_
१.
जीवन जिउन अपरिहार्य छ पानी
छैन पानी सकियो जिन्दगीको कहानी ।
२.
चाहिने मात्रामा पानि नपर्दा
बाली सुक्दै छ खडेरीले गर्दा ।
✍️ सरिता सेढाई
धादिङ

६२)_[ टुक्का कविताहरू ]_
१.
आफूभन्दा ठूलो गाग्रो बोकी लिनलाई पानी
बिहानै उठी पँधेरीमा जाने गर्छिन् रे सानी ।
२.
जीवनकै एक हिस्सा बनेको छ पानी
पानी बिना असम्भव चल्न जिन्दगानी ।
✍️ कल्पना मरासिनी
भूमिकास्थान ९ अर्घाखाँची हाल ललितपुर

६३)_[ टुक्का कविताहरू ]_
१.
पानीकै भरमा छन् प्राणी सजीव तुल्य
पानीको सकिँदैन कदापि तोक्न मूल्य ।
३.
पानीकै वर्षाले छ संसार हराभरा
नपरे वर्षा पानीको बढ्दछ खतरा ।
✍️ देव मगर
तिनाउ–१, कचल, पाल्पा

६४)_[ टुक्का कविता ]_

उत्पादनमा कृषकलाई चाहिन्छ पानी
बिउ मल दिँदैनन् नेताकाे खराब बानी ।
✍️ रवि पाैडेल
दक्षिण भारत पाण्डेचरी

६५)_[ टुक्का कविताहरू ]_
१.
पानीको मुहान संरक्षण गरौ
फोहोर गर्नु हुन्न चेतना छरौ ।
२.
निरोगी शरीरका लागि सफा पानी पिऔँ
स्वस्थ भई दिर्घायु जीवन भएर जिऔँ ।
✍️ कृष्ण बहादुर बजगाई
भक्तपुर

६६)_[ टुक्का कविताहरू ]_
१.
हाम्रो जीवनमा पानीको महत्त्व नै धेरै पर्छ
शारिरिक परिश्रमले शरिरको पानी हर्छ ।
२.
जिवित प्राणी सबैलाई पानी चाहिन्छ
यहाँ पानीले हरेकको स्वास पाईन्छ ।
✍️ दुर्गा आचार्य
मोरङ

६७)_[ टुक्का कविताहरू ]_
१.
पानि हाम्रो जीवन साथी नफालौँ खेर
जम्मा गर्न मिल्दैन यो आफै बग्छ हेर ।
२.
थोरै वर्षा भए बाली खेर सुख्खा छेत्र हुने
धेरै वर्षा भए पानिले उत्पात मच्चाउने ।
▪️बालकृष्ण खनाल
रिप्दिकोट-३, पाल्पा

६८)_[ टुक्का कविताहरू ]_
१.
जिन्दगी चलाउने पानी
खान्दानी बचाउने नानी ।
२.
हर रप्तारमा अावस्यक सधैँ पानी हुन्छ
पल पल सास फेर्न नभए मृत्युले छुन्छ ।
✍️ ईश्वर साउद(भिक्षु)