एनआरएनए हङकङको युवा संयोजकमा सामाजिक व्यक्तित्व मनोज गौतम चयन भएका छन ।
२२ जुलाई २०२५ मा इन्डिया क्लब जोर्डनमा भएको गैर–आवसीय नेपाली संघ (एनआरएनए) हङकङको १०औं अधिवेशनबाट गौतम युवा संयोजकमा निर्विरोध चयन भएका हुन ।
अधिवेशनबाट एनआरएनए हङकङको अध्यक्षमा अनु राई, उपाध्यक्षमा सन्तोष कुमार गुरुङ, उपाध्यक्षमा कविता गुरुङ, महासचिवमा इन्द्र पुन, सचिवमा विश्वनाथ घिसिङ, कोषाध्यक्षमा अर्जुन गौचन, महिला संयोजकमा सत्यवती गहतराज, युवा संयोजकमा मनोज गौतमलगायत निर्वाचित भएका हुन ।