विश्व कविता दिवसको अवसरमा वर्तमान कविता समूहद्वारा सुगम एकेडेमी, नयाँ बानेश्वरमा ‘प्रेमको आदिम गीत’ कविता सङ्ग्रहबारे विशेष परिचर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न भयो। कवितास् शान्ति र समावेशिताका लागि एक सेतु भन्ने मूल भावका साथ आयोजित कार्यक्रममा डा। बालराम अधिकारी, रजनीमिला, र केशव सिग्देल प्रमुख वक्ताका रूपमा उपस्थित थिए।
कार्यक्रमको प्रारम्भमा सञ्चालक सञ्जय सुमनले विश्व कविता दिवसको महत्त्व प्रकाश पार्दै कविता भाषिक तथा सांस्कृतिक आदान(प्रदानको प्रभावकारी माध्यम भएको उल्लेख गरे।
डा। बालराम अधिकारीले गएको अढाई दशकमा कविता सबैभन्दा बढी अनुवाद भएको विधा भए पनि कतिपय अवस्थामा यसको अनुवाद कठिन हुने विचार प्रस्तुत गरे। उनले कविता अनुवादका चुनौतीहरूबारे चर्चा गर्दै मूल सर्जकसँगको सहकार्य र भाषिक परिष्कारको आवश्यकतामा जोड दिए।
रजनीमिलाले वाल्ट ह्विटम्यान र जोन मिल्टनको उदाहरण प्रस्तुत गर्दै सङ्ग्रहमा समेटिएका नेपाली कविताहरू संरचनागत र विषयगत रूपमा उत्कृष्ट रहेको धारणा राखिन्।
केशव सिग्देलले अनुवादका विविध पक्षबारे चर्चा गर्दै सङ्ग्रहभित्र रहेका कविताहरूको विश्लेषण गरे। उनले विशेष रूपमा प्रेम कवितामा व्यक्त प्रेमको प्रकृति र शैलीबारे गहन विवेचना प्रस्तुत गरे।
परिचर्चापछि विशेष कविता वाचन सत्र आयोजना गरियो, जसमा प्रमोद स्नेही, भीष्म उप्रेती, बिमल भौकाजी, टङ्क उप्रेती, सुमन थापा ‘संगम’, सुमी लोहनी, शोभा शरभ, सुवास सिंह पराजुली, रूपसिंह भण्डारी, दिल कुमारी डंगोल, सबिता गौतम दाहाल, हिरादेवी वाइबा, विनायक पन्त, नरेन्द्र बहादुर श्रेष्ठ, देवेन्द्र अर्याल ‘आँसु’ र ईश्वर थोकरले आफ्ना सशक्त र भावपूर्ण कविताहरू वाचन गरे। उनीहरूको प्रस्तुतिले उपस्थित श्रोतालाई मन्त्रमुग्ध बनायो।
कार्यक्रमको अन्त्यमा वर्तमान कविता समूहका सदस्य धीर कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै सबै सहभागी तथा उपस्थित व्यक्तिहरूलाई आभार व्यक्त गरे। कार्यक्रमले कविता शान्ति र समावेशिताको सशक्त माध्यम बन्न सक्छ भन्ने सन्देश दिंदै भाषिक तथा सांस्कृतिक विविधतालाई उजागर गर्ने अर्थपूर्ण अवसर प्रदान गरेको थियो।